+
Search

ताजा अपडेट +

पपुलर +

खनाल फाउन्डेसनले कम्बल बाँड्ने

खनाल फाउन्डेसनले कम्बल बाँड्ने
त्रिशूली प्रवाह
९ महिना अगाडी

काठमाडौँ । भोक लागेका वेला खाना, नाङ्गो भएको वेला नाना र पानी चुहिने घरलाई छाना प्रदान गरी जनहितको कार्यमा सहयोग पु¥याउन स्थापना भएको पूर्वी नुवाकोट जिल्ला, तादी गाउँपालिका, नर्जा जगरबोटस्थित खनालथोकमा द सोसल सर्भिस अफ नेपाल डिल्लीप्रसाद खनाल फाउन्डेसन संस्था स्थापना भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

समाजसेवी डिल्लीप्रसाद खनालका नाममा स्थापना भएको संस्थाले शनिबार काठमाडौँको सपनतीर्थ प्राङ्गणमा विशेष कार्यक्रम गरेर संस्थापक देवराज खनाल (डिल्लीप्रसादका छोरा) ले यस वर्षको जाडोमा काठमाडौँ, धादिङ र नुवाकोटका विभिन्न स्थानका गरिब तथा असहायलाई एक हजारभन्दा बढी ओढ्ने कम्बल बाँड्ने बताउनुभयो । विसं २०८० साउन ४ गते दर्ता भएको डिल्लीप्रसाद खनाल फाउन्डेसनले नुवाकोट दुप्चेश्वर, नर्जामण्डप, तादी, काठमाडौँको शिवपुरी, धादिङको खनियाँबास, मस्र्याङ्दी क्षेत्रलाई कर्मथलो बनाई सामाजिक कार्य गरिरहेको छ । संस्थाले शिक्षा, मठमन्दिर, गुम्बा, वातावरण संरक्षणसहित आत्मनिर्भरका लागि आय-आर्जन बढाउन सिपमूलक तालिम प्रदान प्रदान गरिरहेको देवराजले बताउनुभयो । असहायलाई सहयोग गर्ने, खान नपाउनेलाई खान दिने, नाङ्गोलाई कपडा दिने, जाडोमा तातो कम्बल दिने, बिरामीलाई उपचार गराइदिने, बाटोमा लडेर घाइते भेटिएकालाई अस्पताल पुयाईदिनेजस्ता सेवामूलक काय गर्न संस्था स्थापित भएको स्वर्गीय डिल्लीप्रसादकी श्रीमती धनकुमारी खनालले जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह