+
Search

ताजा अपडेट +

पपुलर +

काफलगेडी र लायनको साधारणसभा सम्पन्न

काफलगेडी र लायनको साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

विदुर । काफलगेडी बचत तथा ऋण सहकारी संस्था र लायन बचत तथा ऋण सहकारी संस्थाले सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनको अधीनमा रहेर मितव्ययी ढङ्गले वार्षिक साधारणसभा सम्पन्न गरेका छन् । सदस्यकेन्द्रित मितव्यापी र प्रभावकारी सभा गर्ने अभ्यास सुरु गरिएको ती सहकारीका अध्यक्षहरूले बताएका छन् ।

विदुर-९, कोलनीमा विसं २०६४ मा स्थापित काफलगेडी बचत तथा ऋण सहकारीका १८औँ साधारणसभा गत मङ्सिर २७ गते सेयर सदस्य मात्रको उपस्थितिमा सम्पन्न भएको अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गत आव २०८१/०८२ को असार मसान्तसम्म सहकारीमा एक हजार ८६ सेयर सदस्यबाट दुई करोड ८३ लाख सेयरपुँजी सङ्कलन रहेको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीको उपस्थितिमा भएको सभामा उत्कृष्ट कारोबार गर्ने औतारसिंह तामाङ, मुइनेन तामाङ, नम्रता पौडेल र राम्रो काम गर्ने कर्मचारी सुशीला रिजाललाई सम्मान गरिएको सचिव सुमन अधिकारीले बताउनुभयो ।

सोही दिन विसं २०६४ पुस ४ गतेदेखि सञ्चालनमा रहेको लायन बचत तथा ऋण सहकारी संस्था विदुर-२, बट्टारको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले अघिल्लो आव २०८०/०८१ मा सहकारीको चुक्ता पुँजी रु.तीन करोड २४ लाख सात हजार ६ सय रहेकोमा गत आव २०८१/०८२ असार मसान्तसम्म रु.सात लाख ८१ हजार दुई सय थप रकम वृद्धि भई कुल चुक्ता सेयर पुँजी रु.तीन करोड ३१ लाख ८८ हजार आठ सय भएको जानकारी दिनुभयो । सहकारीमा महिला सात सय ३०, पुरुष आठ सय ५८ सहित एक हजार पाँच सय ८८ सेयर सदस्य र गत आवको असार मसान्तसम्म सहकारीको कुल ऋण प्रवाह रु. १३ करोड ३६ लाख ५७ हजार सात सय ९४ रहेको कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह