+
Search

ताजा अपडेट +

पपुलर +

माता मनकामना सहकारीको रु.२८ लाख ५२ हजार आम्दानी

माता मनकामना सहकारीको रु.२८ लाख ५२ हजार आम्दानी
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

ढुङ्गे । विदुर-१, ढुङ्गेमा विसं २०७० मा स्थापना भएको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आव २०८१/०८२ मा ऋण लगानीबाट रु.२४ लाख ९० हजार तीन सय ३६ ब्याज आम्दानी गर्न सफल भएको छ ।

सहकारीले सोही वर्ष बैंकबाट रु.९३ हजार ७२ र अन्य आम्दानी रु.दुई लाख ६९ हजार चार सय ५७ सहित कुल रु.२८ लाख ५२ हजार आठ सय ६५ आम्दानी गरेको अध्यक्ष नवीनकृष्ण राजभण्डारीले अघिल्लो हप्ता सम्पन्न १२औँ वार्षिक साधारणसभामा जानकारी गराउनुभएको थियो । सहकारीले सेयरपुँजी रु.तीन करोड पुर्याउने नीति अघिल्लो वर्षको साधारणसभाबाट पारित गरेको भए पनि गत आव २०८२ असार मसान्तसम्म सेयरपुँजी रु.एक करोड २४ लाख ७५ हजार तीन सय पुर्याइएकोसमेत जानकारी गराइएको थियो । गत आवमा सहकारीको कारोबार रु.दुई करोड ९१ लाख चार हजार नौ सय २६ भएकोसमेत सभामा जानकारी गराइएको थियो । सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा गत मङ्सिर १३ गते मितव्ययी ढङ्गले गरिएको सचिव अमरबहादुर कार्कीले बताउनुभयो । साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैर सदस्य बोलाउनु अनुशासनविपरीत हुने भएकाले यसपटक विगतमा जस्तो महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोज भतेर नगरिएको सचिव कार्कीले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह