+
Search

ताजा अपडेट +

पपुलर +

पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घमा पुनः गजुरेल

पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घमा पुनः गजुरेल
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बट्टार । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ जिल्ला शाखा नुवाकोटको शनिबार वनभोजसहित १६औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः वासुदेव गजुरेल सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक एवम् नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घको पूर्वकेन्द्रीय सदस्य रामकुमार ढकालले दिएको जानकारीअनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल, द्वितीय उपाध्यक्षमा बच्चुराम लामिछाने, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा रामकृष्ण राई र सदस्यमा दीपक सिटौला, सीताराम लामिछाने, रूपा घिमिरे, लिडर बस्नेत चयन हुनुभएको छ । सभाले लेखा समितिको संयोजकमा प्रेमप्रसाद वस्तीलाई चयन गरेको छ । बेलकोटगढी नगरपालिका-८ सिमौघारीमा सम्पन्न सभामा गत विसं २०८१ को एसइईको नतिजामा फोर जिपिए ल्याउने पृथ्वी मावि विदुर-४ विदुर, अर्किड एकेडेमी विदुर-४ आँपघारी, युनिभर्सल एकेडेमी बाहुनबेँसी आप्रह, ज्ञानज्योति मावि किस्पाङ-२, फिकुरीका विद्यार्थीलाई दोसल्ला ओढाएर नगदसहित सम्मान र विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय सदस्य तथा संस्थापक जिल्ला अध्यक्ष ठाकुर पुडासैनी, प्याब्सनका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वनुवाकोट जिल्ला अध्यक्ष रामहरि रिमाल, पूर्वकेन्द्रीय सदस्य नारायण भण्डारी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ बागमती प्रदेश सदस्य मीनकुमार खतिवडालगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह