धादिङबेँसी । धादिङ जिल्लामा ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको आयोजनामा बेनीघाट-रोराङ गाउँपालिका-८, चैलिङमा सञ्चालित तीनदिने तालिम गत हप्ता सम्पन्न भएको हो ।
सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने र एआईको प्रयोगद्वारा पत्रकारिता क्षेत्रलाई थप अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महासङ्घका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो । ‘पत्रकार एआईको सहायताले अझ आकर्षक र तथ्य आधारित ढङ्गले प्रस्तुत गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँले एआईलाई पूर्ण भरपर्दो स्रोत नभई सहायक सामग्रीका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २८ जना पत्रकारको सहभागिता रहेको थियो । तालिममा गोरखापत्रका उपसम्पादक अजय शर्माले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो ।






प्रतिक्रिया