विदुर । राष्ट्रिय पञ्चायत सदस्यदेखि सङ्घीय संसद्को सदस्यसम्म नुवाकोट जिल्लाबाट चुनाव लड्दै आउनुभएका डा. प्रकाशचन्द्र लोहनीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नं ६ ले आसन्न प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ । उक्त क्षेत्रमा नुवाकोटवासीको बाहुल्य रहेको छ ।
पूर्वअर्थमन्त्री र राप्रपा निर्देशन समितिका अध्यक्ष डा.लोहनीसहित ६ जनाको नाम उक्त क्षेत्रबाट सिफारिस भएको छ । केन्द्रले शनिबारभित्र तीनजनाको नाम प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेको भए पनि क्षेत्रले ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा डा.लोहनीदेखि विवेकशील साझाबाट राप्रपा आएका उद्धवराज भेटुवालसम्म परेका छन् । शनिबार बसेको क्षेत्रीय समितिको बैठकले डा. लोहनी, पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य उद्धवराज भेटुवालको नाम सिफारिस गरेको छ । साथै, पूर्वकेन्द्रीय सदस्य प्रेमनाथ दुलाल, महिला सङ्गठनकी उपाध्यक्ष दुर्गा खड्गी र कान्छा महर्जनलाई पनि प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरिएको छ ।






प्रतिक्रिया