+
Search

ताजा अपडेट +

पपुलर +

गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय सञ्चालन

गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय सञ्चालन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धादिङबेँसी । धादिङ जिल्ला, बेनीघाट-रोराङ-१० स्थित गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय सञ्चालन भएको छ । दक्षिणी दुर्गम भौगोलिक स्थानमा रहेको विद्यालयको पुस्तकालयले विद्यार्थीमा पठन संस्कृतिको विकास, सिर्जनात्मक सोच अभिवृद्धि तथा शैक्षिक उपलब्धि सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा विद्यार्थीमैत्री फर्निचर, कम्प्युटर तथा उपयुक्त बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ । पुस्तकालयमा बाल साहित्य, सन्दर्भ सामग्री, शैक्षिक पुस्तक, कथा, कविता, विज्ञान, गणित, सामाजिक विषयलगायत तीन सय ६१ फरक-फरक विधाका एक हजार ६१ वटा पुस्तक उपलब्ध रहेका छन् । गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षाको गुणस्तर सुधारका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीय सरकार शिक्षा क्षेत्रमा यस्ता पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक टंक रानाका अनुसार पुस्तकालयले विद्यार्थीलाई नियमित अध्ययनतर्फ आकर्षित गर्ने, स्वअध्ययनको बानी विकास गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । पुस्तकालय स्थापना प्रयास नेपाल धादिङले चाइल्ड फन्ड जापानको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको ‘शिक्षामा पहुँच सुनिश्चित परियोजना’अन्तर्गत गरिएको हो । यस परियोजनाले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच र गुणस्तर सुधारमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह