+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४ घण्टा अगाडी

देश चुनाउमय भइरहँदा स्थानीय सरकार भने आआफ्नै आँगन, गाउँ, टोल, बस्तीमा मेलामहोत्सव लगाउन चाइन्जो क्यारे व्यस्त छन् । महोत्सवका लागि न्वाँकोटका सङ्घीयताको पिलर हुँ भन्नेले सिफारिस भटाभट गरेपछि फागुन २१ प्रभावित हुन्छ कि भन्ने चिन्तामा जेनजी रहेको छर्लङ्गै देखियो । मेलामहोत्सवको आयव्यय अपारदर्शी भएनि जनप्रतिनिधिका भने दुवै हातमा लड्डु भइराख्या छ चाइन्जो क्यारे । सिफारिस दिएपछि खाममा नगद नि आउने, मुख नि फेरिँदै जाने मस्ती जो छ । चाइन्जो ज्योतिको जोसिलो रङ्गीला नृत्य हेर्न पाउने भएसि सधैँ जनताका लागि घोटिइरहने मेर-अदच्छे-वडाध्यच्छेका तनाव नै साफ भको तिनआँखेले देखिनैराखेको छ । स्थानीय सरकारले कानुनमै उल्लिखित मनोरञ्जनकर गुमाएको विचरा कर्मचारीले मात्र चिन्ता गरेर के पो होस् चाइन्जो । बाह्य उत्पादन, उपकरण र आयातीत कलाकारले स्थान पाउँदा स्थानीय कला, संस्कृति, कृषि, लघु, घरेलु उत्पादनको त बिजोग नै हुन्छ क्यारे । स्थानीय सरकारले पाउनुपर्ने रकम त गुम्यो-गुम्यो, स्थानीयवासीको घर खर्च चलाउने कोष पनि रित्ताएर ठन्डाराम बनाउने यस्ता मेलामहोत्सव गल्ली गल्लीमा, डाँडाचौतारामा, पाटीपौवामा र पँधेराकुवातिर पनि गरेदेखि त जनताको तनाब पनि गायब हुन्थ्यो, कसो, स्थानीय सरकार ?

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह