+
Search

ताजा अपडेट +

पपुलर +

बट्टारको सेयर पुँजी वृद्धि

बट्टारको सेयर पुँजी वृद्धि
त्रिशूली प्रवाह
९ महिना अगाडी

विदुर । विगत ३० वर्षदेखि विदुर-४ बट्टारमा सञ्चालनमा रहेको बट्टार सहकारी संस्था लि.को अघिल्लो आवको तुलनामा गत आव.२०८१/०८२ मा शेयर रकम बढेको छ । गत आवको आषाढ मसान्तसम्ममा सहकारीको शेयर रकम एक दशमलव ८१ प्रतिशतले वृद्धि भई रू.छ करोड ३२ लाख ३१ हजार पुगेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

सहकारीले पौष ११ गते शुक्रबार ३०औँ वार्षिक साधारणसभा गरेर गत वर्षको आय-व्यय र चालु आव.२०८२/०८३ को कार्यक्रम र बजेट पारित गरेको व्यवस्थापक विकास अर्यालले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी नियमन प्राधीकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा शेयर सदस्य केन्द्रीत रहेर मितव्ययी ढङ्गले सभा गरिएको अध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो ।

सहकारीले अहिलेसम्म गरेका कार्यको मूल्याङ्कन तथा संस्थाको आन्तरिक सवलता, दुर्वलताको यथार्थ विश्लेषण गर्दै दुर्वल पक्षलाई हटाउँदै जाने र सवल पक्षलाई तुलनात्मक लाभका क्षेत्रमा उपयोग गर्ने र चुनौतीको सामना गर्न प्रयोग गरिने समेत उहाँले बताउनुभयो । सहकारीले गत वर्ष कूल आम्दानी रू.छ करोड ५० लाख ५१ हजार नौ सय ६२ र कूल खर्च छ करोड १२ लाख ३७ हजार छ सय ९२ कटाई खुदनाफा रू.३८ लाख २४ हजार दुई सय ६९ भएको छ । उक्त रकम शेयर सदस्यलाई नियमानुसार वितरण गर्न सभामा प्रस्ताव पेश भई पारित भएको छ ।

जिल्लाकै अब्बल सहकारी बनिरहेको बट्टार सहकारीमा गत वर्षको आषाढ मसान्तसम्म महिला नौ सय ९७, पुरूष एक हजार दुई सय सात, संस्थागत १५ सहित दुई हजार दुई सय १९ शेयर सदस्य रहेका छन् । सञ्चालक समितिको सङ्ख्या महिला तिन, पुरूष नौ, निवर्तमान अध्यक्ष समेत १२ र कर्मचारी करार, अस्थायी, स्थायी गरी आठ जना रहेका छन् । लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज न्यौपानेले विगत वर्ष भन्दा गत वर्ष खराव कर्जा घटी ऋण असुली राम्रौ देखिएको बताउनुभयो ।

सहकारीको रू.४३ करोड ८९ लाख ३६ हजार पाँच सय ऋण लगानी र ऋण असुली रू.४१ करोड ५० लाख ५५ हजार एक सय ५८ र गत आवमा मात्र रू.३९ करोड ७२ लाख १३ हजार ८१ ऋण लगानी र ऋणीको सङ्ख्या चार सय ११ रहेको उपाध्यक्ष एवं ऋण लगानी तथा असुली उपसमितिका संयोजक मेनुका श्रेष्ठले जानकारी दिनुभयो । ज्येष्ठ शेयर सदस्य केशरबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको सभामा १३ जना ज्येष्ठ शेयर सदस्य सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा आनन्दलाल प्रधान, भीमप्रसाद आचार्य, जुनुमाया श्रेष्ठ, रामकृष्ण प्याकुरेल, मोहनकुमारी अर्याल, सन्तमाया श्रेष्ठ, प्रेमकुमार सापकोटा, जानुकादेवी घिमिरे, विष्णुप्रसाद नेपाल र पूर्व सञ्चालक मोहनबहादुर खड्का, उद्धव मुडवरी तथा मृत्युपर्यन्त स्वर्गीय रामराज श्रेष्ठ र कर्मचारीतर्फ सरला श्रेष्ठ रहेको संस्थाका सल्लाहकार तथा वडा नं २ का अध्यक्ष दिपक कायस्थले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह