धुन्चे । गोसाईँकुण्ड गाउँपालिकाले पालिकाभित्रका छाडा तथा घरपालुवा कुकुरलाई खोजी खोजी बन्ध्याकरण गरेको छ । रसुवास्थित गाउँपालिका, पशुसेवा शाखाको आयोजना र नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेपलान्चोकको प्राविधिक सहयोगमा पालिकाका तिन स्थानमा कुकुरलाई रेविजविरूद्वको खोप र बन्ध्याकरण गरिएको थियो ।

यही पुस ८ देखि १३ गतेसम्म टिमुरे, स्याफ्रुबेँसी र सदरमुकाम धुन्चे क्षेत्रमा रहेका छाडा तथा घरपालुवा एक सय ८० कुकुरलाई रेबिजविरूद्वको खोप लगाइएको तथा एक सय ५२ कुकुरको बन्ध्याकरण गरिएको पशुसेवा शाखाले जनाएको छ । पाँच दिनका अवधिमा रेबिजविरूद्धको खोप र बन्ध्याकरण तिन सय ३२ वटा कुकुरलाई गरिएको थियो ।






प्रतिक्रिया