+
Search

ताजा अपडेट +

पपुलर +

छाङेश्वर महादेव मन्दिरको प्रचारप्रसारमा गल्छी महोत्सव सफल

छाङेश्वर महादेव मन्दिरको प्रचारप्रसारमा गल्छी महोत्सव सफल
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

धादिङ । गल्छी गाउँपालिका-८ स्थित छाङेश्वर महादेव मन्दिर परिसरमा आयोजित गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव-२०८२ मंगलबार सम्पन्न भएको छ । पौष २ देखि सुरू भएको मेला १५ गते सम्पन्न भएको थियो । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा भएको महोत्सवमा रू.एक करोड बराबरको कारोबार भएको बताइएको छ ।

छाङेश्वर महादेव छाङादेवी मन्दिरको सहआयोजनामा सञ्चालन गरिएको महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेको सहआयोजक छाङेश्वर महादेव मन्दिर समितिका अध्यक्ष खेमप्रसाद अमगाईंले बताउनुभयो । महोत्सवले स्थानीय कृषि उत्पादन, मौलिक संस्कृति र व्यापारिक गतिविधिको प्रवद्धर्नमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले दावी गरेको छ । मेलामा स्थानीय किसानद्वारा उत्पादित कृषि उपज, घरेलु तथा हस्तकलाका सामग्री, स्थानीय उत्पादनका स्टलका साथै, विभिन्न जातजातिको मौलिक वेशभूषा, लोकनृत्य, लोकगीत तथा सांस्कृतिक प्रस्तुतिले मेलालाई थप आकर्षक बनाएको थियो । मेला अवधिभर कृषि प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणका विषयमा समेत छलफल र जानकारीमूलक गतिविधि सञ्चालन गरिएको थियो । गल्छी गाउँपालिकाका स्थानीयबासीसहित आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शक तथा आगन्तुकको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । छाङेश्वर मन्दिरपरिसरमा आयोजना गरिएको मेलाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्रको प्रचारप्रसारमा सहयोग पुगेको सहआयोजक छाङेश्वर महादेव मन्दिर समितिका अध्यक्ष अमगाईंले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह