+
Search

ताजा अपडेट +

पपुलर +

ज्येष्ठ नागरिक दिवसमा तिन दानवीरलाई सम्मान

ज्येष्ठ नागरिक दिवसमा तिन दानवीरलाई सम्मान
त्रिशूली प्रवाह
१ दिन अगाडी

देवीघाट । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ को अवसरमा पौष ११ गते देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान विदुर-५ देवीघाट नुवाकोटले तिन जना दानवीर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

दिवसको अवसरमा प्रतिष्ठानका दानवीर ज्येष्ठ नागरिक डम्बरकुमारी भट्ट, भद्रमाया न्यौपाने र बाबुराम शर्मा अधिकारीलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा नागरिक समाज नुवाकोटले रू.२५ हजार बुझाएर संस्थागत आजीवन सदस्य लिएको छ ।

विदुर-५ का अध्यक्ष लिलानाथ न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी, दाताका तर्फबाट सोमप्रसाद भण्डारी, प्रतिष्ठानका वरिष्ठ सदस्य शिवप्रसाद गजुरेल र प्रतिष्ठानको कोषाध्यक्ष बिन्दादेवी अर्यालले ज्येष्ठ नागरिक अनुभवका खानी रहेकोले समाज र राष्ट्रले उपयोग गर्न सक्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह