+
Search

ताजा अपडेट +

पपुलर +

सम्पन्न सहकारीका अध्यक्षमा गुरूवाचार्य

सम्पन्न सहकारीका अध्यक्षमा गुरूवाचार्य
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । सम्पन्न बचत तथा ऋण सहकारी संस्था लि लिखु-१ नुवाकोटको १६औँ वार्षिक साधारणसभा तथा अधिवेशनले गणेश गुरूवाचार्यलाई सञ्चालक समितिका अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत बिहीबार सम्पन्न सभाले सञ्चालक समितिका उपाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा रमेश राजभण्डारी, कोषाध्यक्षमा हरिहरप्रसाद पाण्डे र सदस्यमा शरण उत्सुक, शङ्करदास अमात्य, वर्षा बस्नेत चित्रकार, विदुर लामिछाने र भरतबहादुर पुलामी मगरलाई निर्वाचित गरेको छ ।

त्यसैगरी लेखा समितिका संयोजकमा रवीन्द्रकुमार श्रेष्ठ तथा सदस्यमा नवराज पाण्डे र सुकु नगरकोटी रहेको निर्वाचन समितिका संयोजक पुरेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनअघि सहकारीको उद्घाटन अध्यक्ष भोलाशङ्कर गुरूवाचार्यले गर्दै वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो । सहकारीको कूल शेयरपुँजी रू.एक करोड ३२ लाख ८९ हजार पाँच सय र बचत निक्षेप आव.२०८१/०८२ असार मसान्तसम्म रू.नौ करोड ९५ लाख १२ हजार पाँच सय २२ तथा कर्जा लगानी रू.सात करोड ९९ लाख ४२ हजार पाँच सय २२ रहेको अध्यक्ष गुरूवाचार्यले जानकारी दिन्भयो । सभामा कोषाध्यक्ष पाण्डेले आव.२०८१/०८२ को आर्थिक प्रतिवेदन र आव.२०८२/०८३ को अनुमानित बजेट विवरण र लेखा समितिका तर्फबाट लेखा संयोजक रमेश राजभण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आव.२०८०/०८१ का तुलनामा आव.२०८१/०८२ मा ऋण लगानी तिन दशमलव १४ प्रतिशतले कमी भई रू.सात करोड ९९ लाख ४२ हजार छ सय २० लगानी रहेको जानकारी गराउनुभयो । विसं २०६६ मा दर्ता भई सञ्चालनमा रहेको सहकारीमा अहिले छ सय ८८ पुरूष र चार सय ५३ महिलासहित कूल शेयर सङ्ख्या एक हजार एक सय ४१ रहेको व्यवस्थापक ईश्वर अमात्यले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह