+
Search

ताजा अपडेट +

पपुलर +

उनान्सत्तरी वर्षमा फुर्पालाई नागरिकता

उनान्सत्तरी वर्षमा फुर्पालाई नागरिकता
त्रिशूली प्रवाह
१ दिन अगाडी

धुन्चे । रसुवा जिल्ला, नौकुण्ड-६, सरस्युँका फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलोपटक पुस ७ गते जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले फुर्पा तामाङको नागरिकता सम्पूर्ण कागजपत्र सङ्कलन र प्रक्रिया पूरा गरेर प्रदान गरिएको जानकारी दिनुभयो । यस कार्यमा प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, वडा कार्यालय, स्थानीय सरोकारवाला तथा प्रशासनले सहजीकरण रहेको बताउनुभयो । नागरिकता पाएपछि फुर्पा तामाङले भन्नुभयो, “लामो समयदेखि नागरिकता नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित भएको थिए । अनागरिक हुँदाको पीडा अब अन्त्य भएको छ ।” नागरिकता प्राप्त भएपछि आफू अत्यन्तै हर्षविभोर भएको भन्दै अब नागरिकको हैसियतले राज्यका सेवासुविधा पाउने आशा जागेको उहाँको भनाई छ । नौकुण्ड गाउँपालिका-६ का वडाध्यक्ष नुर्पु तामाङले सेवाग्राहीको खुशी नै आफ्नो खुशी भएको बताउनुभयो । ६९ वर्षको लामो प्रतिक्षापछि नागरिकताको पहिचान पाउनुभएका फुर्पाको यो घटनाले अझै पनि नागरिकताबिहीन नागरिक राज्यको पहुँच बाहिर रहेको हुनसक्ने देखाएको छ । नागरिकता लिएपछि फुर्पा दङ्ग पर्दै वृद्धभत्ता पाउनेमा आशावादी बन्नुभएको छ । फुर्पाले भन्नुभयो, ‘वर्षौँदेखि नागरिकता नपाउँदा सरकारी सेवा, सुविधा पाइनँ, अहिले नागरिकता दिलाउन नौकुण्ड-६ का वडाध्यक्ष योनुर्पु तामाङले ठूलो सहयोग गर्नुभयो ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह