विगत वर्षमा जस्तै यस वर्ष हिउँदमा पनि देशभर विभिन्न स्थानमा औद्योगिक तथा सांस्कृतिक मेला, महोत्सव तथा प्रदर्शनी हुने समाचार आइरहेका छन् । वस्तुको बजारीकरण, व्यापार प्रवद्र्धन र स्थानीय संस्कृतिको संरक्षण, समवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता मेला, महोत्सव तथा प्रदर्शनीले मुलुकको आर्थिक तथा सांस्कृतिक पक्षमा विशेष महत्त्व राख्छन् ।
‘महोत्सव’ शब्दले नै महान् उत्सव बुझाउँछ । त्यसैले यस्ता महोत्सव गाउँको सानो कुनामा सानैस्तरमा गरिए पनि नेपालभरका मानिस आउन सक्ने वातावरण सिर्जना गर्नुपर्छ र त्यसका लागि गृहकार्य पनि गरिनुपर्छ । जिल्लामा उत्पादन हुने वस्तुको प्रदर्शनी वा हाटबजार मेला जस्तो रूपमा यसलाई हेरिनुहुन्न । सतहत्तरै जिल्ला नभए पनि सातै प्रदेशको प्रतिनिधित्व गराउने तथा बाह्य पर्यटक पनि भित्र्याउने ढङ्गले आयोजनालाई बृहत बनाउन आयोजकले निकै मेहनत गर्नु आवश्यक छ । महोत्सवलाई गाउँटोलमा हुने कन्सर्ट वा हाटबजारस्तरबाट उठाउनुपर्ने सोच नै पहिले आयोजकले राख्न सक्नुपर्छ । गाउँगाउँबाट मान्छे ओइराएर आधुनिक नाँचगानमा सरिक गराउनु मात्र महोत्सवको ध्येय पक्कै होइन ।
मेला, महोत्सव तथा प्रदर्शनीलाई व्यवस्थित रूपमा सञ्चालन गरी मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत विसं २०८० फागुन १७ गतेको प्रदेश राजपत्रमा एक सूचना प्रकाशन गर्दै ‘मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेको थियो । सो कार्यविधिको परिच्छेद-२ मा ‘मेला, महोत्सव, प्रदर्शनी प्रक्रिया’ अन्तर्गत मन्त्रालय वा कार्यालय आफैँले मेला, महोत्सव सञ्चालन गर्ने तथा अन्य सङ्घसंस्थाका साझेदारीमा चलाउने उल्लेख गरिएको छ । त्यसमा मन्त्रालय वा कार्यालयले आवश्यकता, औचित्य र सम्भावनाका आधारमा यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने जनाइएको छ ।
यसैगरी सम्बन्धित क्षेत्रमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा मन्त्रालय वा कार्यालयले स्वीकृत वार्षिक बजेटको परिधिभित्र रही स्थानीयस्तरमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा तोकिएबमोजिम बजेट उपलब्ध गराउन सक्ने उल्लेख छ । सोअनुसार गाउँपालिकास्तरमा बढीमा रू एक लाखसम्म, नगरपालिका-उपमहानगरपालिकास्तरमा बढीमा रू दुई लाखसम्म, महानगरपालिकास्तरमा बढीमा रू तिन लाखसम्म, जिल्लास्तरमा बढीमा रू चार लाखसम्म, प्रदेशस्तरमा बढीमा रू छ लाखसम्म, राष्ट्रियस्तरमा बढीमा रू.आठ लाखसम्म र अन्तरराष्ट्रियस्तरमा बढीमा रू १५ लाखसम्म बजेट उपलब्ध गराउन सक्ने उल्लेख छ ।
देशका अन्य केही प्रदेश सरकार तथा स्थानीय तहले पनि मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गर्दै बेला बेलामा हुने मेला आदिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने तथा स्थानीय मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने प्रयास गरेको पाइन्छ । औद्योगिक विकासका माध्यमले उद्यमीलाई उद्यमशीलतामा उत्प्रेरित गर्न, औद्योगिक व्यवसायको प्रवद्र्धन–रोजगारी सिर्जना–सिपमूलक कार्यमा उत्साह–परम्परागत हस्तकलाको दिगो विकासलाई प्रोत्साहन औद्योगिक उत्पादनलगायत हस्तकलाका वस्तुलाई मेला, महोत्सव तथा प्रदर्शनीका माध्यमले प्रचारप्रसार गरी बजारीकरणका लागि सहयोग गरेर उत्पादन वृद्धिलाई प्रेरित गर्ने उद्देश्य राखिएको हुन्छ । तर त्यस्ता कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक भए पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा आर्थिक अनियमितता हुने गरेको छ ।
आर्थिक गतिविधिलाई गति प्रदान गर्दै समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन तथा मुलुकको पहिचान बोकेका स्थानीय तथा राष्ट्रिय कला, सम्पदा तथा संस्कृतिको संरक्षण तथा संवद्र्धनमा यस्ता कार्यक्रमले विशेष टेवा पुर्याउने गरेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन, स्थानीय कला र कलाकारलाई प्रोत्साहन, स्थानीयस्तरमा रोजगारीलाई हौसला, स्थानीय साहित्य, सङ्गीत, संस्कृति र सम्पदाको संरक्षण र समवद्र्धन तथा आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्नमा स्थानीय र राष्ट्रियस्तरमा हुने मेला आदिको उल्लेख्य भूमिका रहँदै आएको छ । यस्ता कार्यक्रमले मनोरञ्जन मात्र नभई केही जान्ने, बुझ्ने र सिक्ने अवसर पनि दिन्छन् । यसबाट केही हदसम्म आपूm र आफ्ना पुर्खालाई चिन्ने अवसर युवापुस्तालाई दिन्छ ।
नुवाकोट महोत्सव
नुवाकोट उद्योग वाणिज्य सङ्घले विसं २०६३ देखि विभिन्न सरोकार निकाय, सङ्घ–संस्थासँगका सहकार्यमा जिल्लास्तरमा महोत्सव गर्दै आएको छ । यस वर्ष पनि महोत्सवको तयारी सङ्घले गरिरहेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यही माघ ७ देखि १७ गतेसम्म विदुरमा महोत्सवको नवौं संस्करण सञ्चालन हुने बताइएको छ । विगतको नेपालकै आर्थिक, सांस्कृतिक तथा ऐतिहासिक केन्द्रका रूपमा रहेको नुवाकोटको पहिचानलाई थप सबल बनाउन र उजागर गर्न स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटकीयस्थल र व्यवसायलाई राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रवद्धन गर्न तथा उद्यमशीलता घरेलु तथा साना उद्योगलाई बजार र अवसर प्रदान गर्ने उद्देश्यकासाथ महोत्सव आयोजना गर्न लागिएको सङ्घले जानकारी दिएको छ । करिब दुईसय अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रदर्शन तथा बिक्री, खाना उत्सव, कला, संस्कृतिका विभिन्न रूपका प्रदर्शन, विषयगत झाँक्री, पर्यटन प्रवद्धन कार्यक्रमलगायत आकर्षक तथा उपयोगी गतिविधि समावेश गराइने बताइएको छ ।
महोत्सवमा एक लाख भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, जिल्लाका प्रमुख पर्यटकीयस्थलको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमीलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा जिल्ला र देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने लक्ष्य आयोजकले लिएको छ । सङ्घले नुवाकोटमा विसं २०६३ मा पहिलो महोत्सव गरेको थियो । त्यसपछि विसं २०६६, २०७०, २०७३, २०७४, २०७६, २०७९, २०८० मा सम्पन्न गरिसकेको छ । महोत्सवलाई विगतको भन्दा फरक र जिल्लाका कृषि तथा घरेलु उत्पादन, कला, सिर्जना र रैथाने खानाको प्रदर्शनीलाई प्राथमिकता दिइएको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभएको छ । महोत्सवमा विलुप्त भइसकेका र लोपका सँघारमा पुगेका पुराना कला, संस्कृति र जीवनशैलीका धेरै पक्षको प्रदर्शनी गरिँदै आएको छ । आधुनिक विकासको प्रभावस्वरूप पुराना पुस्ताले बिर्सिसकेका र नयाँ युवापुस्ताले देख्न नपाएका कतिपय मौलिक वस्तुको प्रदर्शनीबाट तिनसँग परिचित हुने अवसर पाउने र संरक्षण गर्ने प्रेरणा पनि पाइएको छ । मानिसको जीवनशैलीसँग प्रत्यक्ष जोडिएका पुराना वस्तु तथा गीत, सङ्गीत, बाजा, नाँच, पोशाक, गरगहनासँगसँगै परम्परागत जात्रा तथा पर्वका नमुना प्रदर्शनीबाट नयाँ पुस्ताले पुर्खाको पहिचानसँग परिचित हुने अवसर पाएका छन् ।
मौलिक परम्परालाई आयातित संस्कृतिले खर्लप्पै निलिसकेको अवस्था छ । आधुनिक परिकारले पुराना परिकारलाई विस्थापन गर्दै गरेका अवस्थामा स्थानीय जाति र समुदाय विशेषमा लोकप्रिय खानाका विविध परिकारको स्वाद चाख्नाकासाथै तिनको संरक्षण र सम्वद्धनका लागि हौसला पनि बढेको पाइन्छ । मौलिकता भरिएको संस्कृति, जीवनशैलीलाई संरक्षण र समवद्र्धन गर्दै स्थानीय उत्पादन, रोजगारी र अर्थतन्त्रको सुदृढीकरणमा यस्ता मेला तथा महोत्त्सवले निकै महत्त्वपूर्ण टेवा पुर्याइरहेका छन् । आर्थिक प्रवद्धन तथा सांस्कृतिक सम्वद्धनका उद्देश्यले आयोजना गरिने मेला, महोत्सव तथा प्रदर्शनीले आन्तरिक पर्यटन प्रवद्धनलाई पनि उत्तिकै बढावा दिएको पाइन्छ । विविध सूचना, जानकारी तथा मनोरञ्जनका लागि त्यस्ता कार्यक्रममा पुग्ने दर्शक अथवा अवलोकनकर्ताको बाक्लो भिडले कार्यक्रमको सान्दर्भिकता र आवश्यकतालाई पनि औँल्याइरहेको महसुस हुन्छ । मुलुकको एक ठाउँमा हुने यस्ता कार्यक्रमको अवलोकनका लागि अर्को ठाउँका मानिस पनि आउने-जाने हुँदा सामाजिक र सांस्कृतिक सङ्गमको स्थिति सिर्जना हुनाकासाथै आर्थिक गतिविधि र आन्तरिक पर्यटनलाई गति प्रदान गर्छ र सामाजिक सम्बन्ध पनि विस्तार गर्छ । पर्यटन सम्बद्ध निकायले पनि स्थानीय उद्योग वाणिज्य सङ्घ, स्थानीयस्तरका विभिन्न सङ्घ-संस्था आदिसँगको समन्वय र सहकार्यमा कार्यक्रम आयोजना गर्ने क्रमलाई निरन्तरता दिन घचघच्याउँदै आएका छन् ।
विशिष्ट आर्थिक अवसर सिर्जना गरी अर्थतन्त्र सुधार गर्न महत्त्वपूर्ण टेवा पुर्याउनने हुँदा औद्योगिक व्यापार, कृषि मेला, प्रदर्शनीलगायत सबै प्रकारका कार्यक्रमलाई आर्थिक दृष्टिकोणले निकै महत्त्वकासाथ हेर्ने गरिएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी त्यसको बजारीकरण अथवा बजार विस्तार गर्न र आर्थिक सुधारमा टेवा पुर्याउन यस्ता मेला, महोत्सव तथा प्रदर्शनीलाई निरन्तरता दिनका लागि आवश्यक प्रेरणा र प्रोत्साहन प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकारलगायत सङ्घसंस्था परिचालन गर्दै राज्यका तिनै तहका सरकारले सधैँ सकारात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ । मेला महोत्सव कुन संस्थाले गर्ने, जिम्मेवारी कसले लिने, त्यसबाट भएको आम्दानी कसको हुने, त्यो आम्दानी सामाजिक तथा बढी जनताले लाभ लिन सक्ने क्षेत्रमा हुन्छ नै भन्ने विषयमा आयोजकलाई स्वीकृति दिने निकायले निश्चित गर्न नसक्दा आम्दानी दुरूपयोग र झैझगडा हुने गरेको घटना धेरै सुनिने गरेको छ । यसतर्पm नियमन गर्ने निकाय कडा रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।






प्रतिक्रिया