+
Search

ताजा अपडेट +

पपुलर +

याक तथा चौँरी महोत्सव सुरू

पहिलो हुनेलाई नगदसहित चिज उपहार

याक तथा चौँरी महोत्सव सुरू
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । चौँरीपालनमा समर्पित किसान तथा गोठालाको मनोबल बढाउने उद्देश्यले रसुवा जिल्ला, आमाछोदिङ्मो-३, गत्लाङको पार्वतीकुण्डपरिसरमा आइतबारदेखि मंगलबारसम्म याक तथा चौँरी महोत्सव हुने भएको छ । सो अवसरमा पालिकास्तरीय सांस्कृतिक कार्यक्रम तथा हाफ म्याराथन गरिने जानकारी आयोजक समितिका प्रचारप्रसार संयोजक फुर्पुसिङ्गी तामाङले दिनुभयो ।

गाउँपालिका र पशु विभागको आयोजनामा हुन लागेको दोस्रो राष्ट्रिय याक दिवसको अवसरमा स्थानीय पर्यटन, संस्कृति र पशुपालन प्रवद्धनमा समेत थप टेवा पुर्याउने अपेक्षासहित सांस्कृतिक कार्यक्रम र हाफ म्याराथनसमेत समावेश गरिएको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो । सो अवसरमा पालिकास्तरीय सांस्कृतिक कार्यक्रममा प्रथम हुनेलाई रू.३० हजारसहित तीन किलो चिज, दोस्रो हुनेलाई रू.२१ हजार पाँच सयसहित दुई किलो चिज, तृतीय हुनेलाई रू.१२ हजार पाँच सयसहित एक किलो चिज, चौथो हुनेलाई रू.पाँच हजारसहित आधा किलो चिज र प्रमाणपत्र दिइनेसमेत उहाँले बताउनुभयो । महोत्सवको अवधिमा हुने पालिकास्तरीय मिनी म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगदसहित दुई किलो चिज, दोस्रो हुनेलाई ६ हजार नगदसहित एक किलो चिज र तेस्रो हुनेलाई तीन हजार नगदसहित आधा किलो चिज र चौथो हुनेलाई एक हजार नगदसहित आधा किलो चिज र प्रमाणपत्र दिइने बताइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह