+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि चापाकोट नगरपालिका स्याङ्जालाई

दुप्चेश्वर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि चापाकोट नगरपालिका स्याङ्जालाई
त्रिशूली प्रवाह
५ महिना अगाडी

समुन्द्रटार । नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका आयोजक र दुप्चेश्वर क्षेत्र विकास कोष सहआयोजक रहेको सातौँ दुप्चेश्वर कप राष्ट्रव्यापी अन्तरस्थानीय तहस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चापाकोट नगरपालिका स्याङ्जाको पोल्टामा परेको छ । वैशाख २ देखि ५ गतेसम्म दुप्चेश्वर मन्दिरपरिसर रामतीमा भएको प्रतियोगितामा नुवाकोटका पाँच र बाहिर जिल्लाका पाँच गरी सहभागी दश टिममध्ये शुक्लागण्डकी नगरपालिका तनहुँ दोस्रो, आयोजक दुप्चेश्वर गाउँपालिका तेस्रो र पञ्चकन्या गाउँपालिका चौथो भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख ३३ हजार तीन सय ३३, द्वितीय हुनेलाई दुई लाख २२ हजार दुई सय २२, तृतीय हुनेलाई एक लाख ११ हजार एक सय ११ र सान्त्वना पुरस्कार ५५ हजार पाँच सय ५५ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र समापनको दिन आयोजक दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले गर्नुभएको थियो । खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र स्थानीय प्रतिभा प्रस्फुटन गर्ने तथा दुप्चेश्वर मन्दिरपरिसरमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह