विदुर । सागर डिस्ट्रिलरी लिमिटेडले द गभर्नर ह्विस्की नुवाकोटको बजारमा गत हप्ता सार्वजनिक गरेको छ ।
नुवाकोटमा रोमिर ट्रेड लिङ्क विदुर-४, बट्टारका सञ्चालक राजु बोगटीले यो ह्विस्की बिक्री-वितरण गरिरहनुभएको छ । सुरुमै उपभोक्ताले द गभर्नर ह्विस्कीको स्वाद मन पराएकाले बिक्री राम्रो हुने अपेक्षा सञ्चालक बोगटीले गर्नुभएको छ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की सात सय ५० र एक सय ८० एमएलको प्याकमा सार्वजनिक गरिएको छ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की सात सय ५० एमएलको सफल सुरुवातपछि कम्पनीले आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै नयाँ प्याक सार्वजनिक गरेको हो । नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य रु.सात सय ४५ मा उपलब्ध हुनेछ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की १० वर्षसम्म मच्योर गरिएको हाइल्यान्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको हो ।






प्रतिक्रिया