+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ दिन अगाडी

उरन्ठेउलाहरूका बलमा बनेको सुशीला बज्यै नेतृत्वको सर्खारले तपाईंको नागरिकमैत्री प्रशासन र सुशासन ग्यारेन्टी गर्न नसकेनि निर्वाचन भने तोकिएका टाइममा गराउने भएसि जन्ता बेखुसी हुने त कुरै भएन ? तर, न्वाँकोटाँ भने एक हप्तापछि तपाईंको सिडिओ साब आएनि कहीँकतै चुइँक्क नहुनु कस्तो अचम्म गाँठे । एक दशकदेखि अन्तर्राष्ट्रियस्तरको सटक बनाउने काज्र्यालयले तपाईंको वर्षको ५ किलोमिटर बनाएर पहिलोस्तरको सेवा, सुविधा भोग गरिरहेको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । जनप्रतिनिधिका पहलमा नगरवासीले सटक बनाउन भटाभट घर भत्काएर क्षेत्र खाली गरेनि ठग्दार सम्पर्कमा नआएसि खाल्टाखुल्टी र धुलो टन्न खान पाएकाले तपाईंको सदरमुकामवासीले जयजयकार गरेको त बर्साैँ भइसक्यो क्यारे । अन्तर्राष्ट्रिय मार्ग भन्ने, तर बजेट च्वाट्ट काटिदिँदा सदरमुकाम क्षेत्रमा बनाइने आधुनिक रोड, पुलका ठाउँमा हिमपाइपको पुल बनाउने चर्चाले हे, राजन, तपाईंलाई निद्रा कसरी परोस् त ? आयोजनाले काम थालेको एक दस बर्साँमा एकचौथाइ पनि काम नगर्ने आयोजनालाई रुग्ण योजनामा सरकारले राखेनि केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने तपाईंको नेताका कानाँ बतास नलाग्दा जेन्न-जीका चुनाव कसरी जित्दा रेछन्, हेरौँ न हामी पनि ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह