+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको सिडिओमा रेग्मी

नुवाकोटको सिडिओमा रेग्मी
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५८ दिन बाँकी रहँदा नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन हुनुभएको छ । गृह मन्त्रालयको मंगलबारको निर्णयअनुसार मन्त्रालयमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको हो ।

जिल्ला-जिल्लामा काम गरेका अनुभवी प्रजिअ रेग्मीलाई मन्त्रालयले नुवाकोट सरुवा गरेर फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सुम्पेको छ । यसभन्दा अगाडि नुवाकोटमा कार्यरत शशीधर घिमिरे गृह मन्त्रालयको निर्ण या यअनुसार कारागार विभाग महानिर्देशकमा एक हप्ताअगाडि सरुवा हुनुभएको थियो । गत वर्ष फागुन २६ गते जिल्लाका प्रमुखको कार्यभार सम्हाल्न नुवाकोट आउनुभएका कुशल प्रशासक घिमिरेले यसअघि तीन जिल्लाको प्रजिअको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह