विदुर । विदुर-९, कोलनी, नुवाकोटमा सञ्चालनमा रहेको आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत आव २०८१/०८२ असार मसान्तसम्म रु.साढे पाँच करोड कर्जा लगानी गरेको छ । सहकारीले यही पुस १२ गते १८औँ वार्षिक साधारणसभामा सेयर सदस्यलाई रु.पाँच करोड ४५ लाख ९४ हजार आठ सय ७३ लगानी रहेको जानकारी गराएको थियो ।

सहकारीका अध्यक्ष बुद्धिलाल श्रेष्ठले सभामा १८ वर्षअगाडि रु.१० लाख ८० हजार सेयरपुँजीबाट सञ्चालन भएको सहकारीमा विसं २०८२ असार मसान्तसम्ममा रु.एक करोड ५४ लाख ८६ हजार दुई सय रहेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आव २०८१/०८२ मा सहकारीले रु.पाँच करोड ८६ लाख ९२ हजार आठ सय २८ निक्षेप सङ्कलन गरेको छ । विसं २०६४ मा स्थापना भएको सहकारीले गत आवमा रु.सात करोड ८५ लाख १२ हजार ६० कारोबार गर्दा रु.एक करोड एक लाख ९६ हजार पाँच सय २२ विभिन्न शीर्षकमा आम्दानी गरेको छ भने रु.९९ लाख ५२ हजार एक सय ९३ खर्च भएको छ । गत वर्षको असार मसान्तसम्म सहकारीमा पाँच सय ३३ पुरुष र तीन सय ९८ महिलासहित नौ सय ३१ सेयर सदस्य रहेको जानकारी सभामा गराइएको थियो । कर्जा लगानी अघिल्लो आव २०८०/०८१ मा भन्दा गत आव २०८१/०८२ मा कम भएकाले असल ग्राहकको पहिचान गरी बढीभन्दा बढी कर्जा लगानी गर्न लेखा सुपरिवेक्षण समितिले सञ्चालकलाई सुझाव दिएको छ ।
सहकारी सञ्चालक समितिमा अध्यक्ष बुद्धिलाल श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र भण्डारी, सचिव राजनप्रसाद प्याकुरेल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सदस्यमा बाबुकाजी श्रेष्ठ, विजेश श्रेष्ठ, नवराज भट्ट, अच्युतप्रसाद न्यौपाने, सुशीला वाइवा हुुनुहुन्छ । त्यसैगरी, लेखा समितिका संयोजकमा रामशरण अर्याल, सदस्यमा धनबहादुर तामाङ, मैया तामाङ, ऋण उपसमितिका संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यमा विजेश श्रेष्ठ, अच्युतप्रसाद न्यौपाने र व्यवस्थापक राजेशमान श्रेष्ठ हुनुहुन्छ । सहकारीका हाल सल्लाहकारमा विष्णुप्रसाद भण्डारी, बालमुकुन्द डङ्गोल, नवराज ओझा, रामहरि पाण्डे र कृष्णप्रसाद रिमाल रहनुभएको छ ।






प्रतिक्रिया