विदुर । लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई गत बिहीबार रु. एक करोड ६३ लाखबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
लायन्स क्लब इन्टरनेसनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवम् ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । शिवपुरी-५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’को सहयोगमा सङ्कलित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।






प्रतिक्रिया