+
Search

ताजा अपडेट +

पपुलर +

सातसय विद्यार्थीलाई न्यानो कपडा

सातसय विद्यार्थीलाई न्यानो कपडा
त्रिशूली प्रवाह
९ महिना अगाडी

वागेश्वरी । नुवाकोट जिल्ला, सूर्यगढी १ र २ का १० विद्यालयका विद्यार्थीले न्यानो कपडा (विद्यालय पोसाक), झोला, टोपी र स्टेसनरी सामग्री पाएका छन् । नागरिक सचेतना समाज नेपाल र लायन्स क्लब अफ काठमाडौँ शुभारम्भको प्रयासमा सात सय विद्यार्थीमा ट्रयाकसुट, टिसर्ट, स्विटर, टोपी, झोला र स्टेसनरी सामग्री शुक्रबार वितरण गरिएको नागरिक सचेतना समाज नेपालका महासचिव तथा लायन्स डिस्ट्रिक एलका जोन ३५ का जोन चियसपर्सन सुशान्त न्यौपानेले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

यस कार्यलाई सफल बनाउन एन्जल्स हर्ट माविका प्रिन्सिपल तथा नागरिक सचेतना समाज नेपालका कार्यसमिति सदस्य धनबहादुर पुनप्रति जोन चियसपर्सन न्यौपानेले विशेष धन्यवाद प्रकट गर्नुभएको छ । न्यौपानेका अनुसार विद्यालय पोसाक उपलब्ध गर्ने संस्था तथा व्यक्तिमा काठमाडौँ युरो स्कुल बानियाँटार, त्रियोग हाई स्कुल, एन्जल्स हर्ट मावि, नागरिक सचेतना समाज, कोसेली पब्लिकेसन, कौशल हाई स्कुल, नर्थस्टार स्कुल, काठमाडौँ शिक्षालय, हिमरश्मी हाई स्कुल, प्रारम्भ वल्र्ड स्कुल, एसिया प्यासिफिक कलेज, वात्सल्य किन्डरगार्टेन स्कुल, शुभकामना इङ्ग्लिस बोर्डिङ स्कुल, हेराल्ड इन्टरनेसनल कलेज, तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालि, जेनियल मोडर्न एकेडेमी, केजिएस स्कुल, काठमाडौं लिंकन स्कुल, तेजस्वी एकेडेमी, ल्यान्डमार्क एकेडेमी, त्रिशूली मिनरल वाटर, पानी उत्पादक सङ्घ काठमाडौँ, अमेरिकाको कोलोराडोमा बस्दै आएका गैरआवासीय नेपाली सङ्घ एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका महिला सचिव संगीता लामा लामिछाने, अमेरिकामा बसोबास गर्ने बुद्धिमान तामाङ, गोल्डेन पिक स्कुल, इन्डिगो पेन्ट्स, ए एन्ड बी पानी ललितपुर, एन्जल्स मार्ट, सर्वशक्ति सहकारी लिमिटेड, सिर्जना बुर्लाकोटी, ई. कञ्चन भट्ट, इच्छाराम कार्की, कान्छा लामालगायतको सहयोग रहेको थियो ।

Suzuki New Bike & Scooter

नागरिक सचेतना समाज नेपालका महासचिव न्यौपानेले कोही पनि नपुगेका विकट ठाउँमा पुगेर सामुदायिक विद्यालयका भाइबहिनीलाई यो चिसोमा न्यानो कपडा वितरण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । न्यानो कपडा वितरणका लागि कार्यक्रम संयोजक सुशान्त न्यौपाने, भूपाल गौतम, कुमार ढकाल, तिलक पौडेल, श्रीराम केसी फुटुङ्गे, कृष्ण भट्टराई मुकुन्दप्रसाद पाण्डे र त्रियोग स्कुलका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । काठमाडौँ युरो, हेराल्ड र कौशलले कालिका माध्यमिक विद्यालय, शिलाकन्या देवी मावि र जनहित आधारभूत विद्यालयका लागि स्वीटर र ट्रयाकसुटको व्यवस्था गरेका थिए भने त्रियोग स्कुलले कालिका आधारभूत विद्यालयका लागि ट्रयाकसुटको व्यवस्था गरेको थियो । न्यानो कपडा प्राप्त गर्ने विद्यालयमा सूर्यगढी-१ मा रहेको दुधेदेवी माध्यमिक विद्यालय, कालिकादेवी आधारभूत विद्यालय, लच्याङ आधारभूत विद्यालय, निर्गुभूमे आधारभूत विद्यालय, जनशक्ति आधारभूत विद्यालय, महाकाली आधारभूत विद्यालय, गौरीशंकर आधारभूत विद्यालय र वडा नं २ को कालिका माध्यमिक विद्यालय, शिलाकन्या देवी माध्यमिक विद्यालय, जनहित आधारभूत विद्यालय रहेका छन् । दुधेदेवी माविमा अध्ययनरत एक सय ७१ जना विद्यार्थीलाई ट्रयाकसुट, टिसर्ट र टोपी, कालिकादेवी आधारभूत विद्यालयका ४९ जनालाई ट्रयाकसुट, टिसर्ट र टोपी वितरण गरिएको थियो ।

त्यस्तै, लच्याङ आविका ५३, निर्गुभूमेका ४० र जनशक्तिका ५८ जनालाई सूर्यगढी-१ र २ का सात सय विद्यार्थीलाई न्यानो कपडा वितरण ट्रयाकसुट, टिसर्ट वितरण गरिएको थियो । महाकाली आविका २४ जनालाई ट्रयाकसुट, टिसर्ट, झोला, टोपी र पाठ्य सामग्री वितरण गरिएको थियो । गौरीशंकर आविका १४ जनालाई ट्रयाकसुट, टिसर्ट र टोपी वितरण गरिएको थियो । कालिका माविका एक सय ९६ जनालाई स्वीटर र केही ट्रयाकसुट तथा टिसर्ट वितरण गरिएको थियो । जनहित आधारभूत विद्यालयका १५ जनालाई स्वीटर र शिलाकन्या देवीमा केही थान स्वीटर वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह