+
Search

ताजा अपडेट +

पपुलर +

दर्पणको ‘एक व्यक्ति एक सहकारी सदस्यता’

दर्पणको ‘एक व्यक्ति एक सहकारी सदस्यता’
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर-४ सदरमुकाममा सञ्चालन भइरहेको दर्पण बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन र नियमावलीबमोजिम दोहोरो सेयर सदस्य भएका सेयर सदस्यता कायम हटाउने भएको छ । सहकारीको शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले एक व्यक्ति एक सहकारी सदस्यतामा आबद्ध हुनुपर्ने ऐन र नियमावलीलाई कडाइसाथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सभामा सहकारीका अध्यक्ष राजकुमार तिमिल्सना, कोषाध्यक्ष रामबहादुर खड्का, लेखा समितिका संयोजक उद्धव अधिकारीले प्रस्तुत गर्नुभएको प्रस्ताव तथा प्रतिवेदन पारित भएको छ । दुई सय पुरुष र ७१ महिलासहित कुल सेयर सङ्ख्या दुई सय ८९ रहेको सहकारीमा कुल सेयर पुँजी रु.८६ लाख ७४ हजार पाँच सय रहेको छ । अघिल्लो आव २०८०/०८१ मा सहकारीमा जम्मा निक्षेप रु. एक करोड ४८ लाख १३ हजार आठ सय ९३ रहेकोमा गत आव २०८१/०८२ मा वृद्धि भई रु.एक करोड ७० लाख ५५ हजार ६ सय पाँच भएको छ । त्यसैगरी, कर्जा लगानी आव २०८०/०८१ मा रु. एक करोड ९४ लाख ६ सय ५३ रहेकोमा आव २०८१/०८२ मा घट्न गई रु. एक करोड ८८ लाख ३८ हजार दुई सय ४५ मात्र भएको छ । गत वर्ष सहकारीको वार्षिक सभाले सञ्चालक समिति चयन गरेको थियो । चयन भएको समितिमा अध्यक्ष राजकुमार तिमिल्सना, उपाध्यक्ष सुनील विष्ट, सचिव विष्णु प्याकुरेल, कोषाध्यक्ष रामबहादुर खड्का र सदस्यमा शर्मिला उप्रेती, अर्जुन अधिकारी, धु्रवप्रसाद पुडासैनी, प्रह्लाद केसी, सन्तोष तामाङ रहेका छन् । त्यसैगरी, ऋण समिति संयोजकमा धु्रवप्रसाद पुडासैनी, दुई सदस्य र लेखा समिति संयोजकमा उद्धव अधिकारी, दुई सदस्य चयन भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह