+
Search

ताजा अपडेट +

पपुलर +

सारथीमा सेयर सङ्ख्या वृद्धि, पुँजी ह्रास

सारथीमा सेयर सङ्ख्या वृद्धि, पुँजी ह्रास
त्रिशूली प्रवाह
२ महिना अगाडी

कोलनी । सारथी बचत तथा ऋण सहकारी संस्था लि. विदुर-९, नुवाकोटको सेयर सदस्य बढे पनि सेयर पुँजी घटेको छ । आव २०८०/०८१ मा चार सय ९४ सेयर सदस्य रहेको सहकारीमा आव २०८१/०८२ मा ६ सय ४१ पुगेको छ । अघिल्लो आवको भन्दा गत आवमा एक सय ४७ सेयर सदस्य वृद्धि भए पनि सो अवधिमा रु.८५ हजार एक सय सेयर पुँजी घटेको छ ।

शनिबार सहकारीको १३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट गत वर्षको कारोबारको प्रस्तुत प्रतिवेदनमा सेयर सङ्ख्या बढेको र सेयर पुँजी घटेको जानकारी गराइएको थियो । सहकारीका अध्यक्ष गोकर्ण रोक्का, कोषाध्यक्ष राजकुमार नगरकोटी, लेखा सुपरिवेक्षण समितिका संयोजक रवीन्द्र नेपालीले सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदन विस्तृत छलफल र प्राप्त सुझावसहित समावेश गरी पारित भएको व्यवस्थापक सुदीप श्रेष्ठले जानकारी दिनुभयो । तीन सय पाँच पुरुष, तीन सय ३६ महिलासहित ६ सय ४१ सेयर सदस्य रहेको सहकारीले गत वर्ष रु.२० करोड २० लाख तीन सय ९९ निक्षेप सङ्कलन गरी रु.१७ करोड ८४ लाख ८८ हजार नौ सय ७३ ऋण लगानी गरेको जानकारी गराइएको थियो । सभामा चालू आव २०८२/०८३ मा रु.तीन करोड सेयर पुँजी पु¥याउने प्रस्ताव पारित भएको छ । कायम कर्जाको ब्याजदरमा न्यूनतम दुईदेखि तीन प्रतिशत माघ महिनाबाट घटाउने प्रस्तावसमेत पारित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह