खरानीटार । तादी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा अमरज्योति मावि पहिलो भएको छ । १२ विद्यालयले भाग लिएको प्रतियोगितामा अमरज्योति ६ स्वर्ण, चार रजत र दुई कांस्यसहित १२ पदक जितेर पहिलो भएको हो ।
यही पुस १० देखि १२ गतेसम्म भएको प्रतियोगितामा सुन्दरा मावि तादी-४ ले पाँच स्वर्ण, दुई रजत र चार कांस्यसहित ११ पदक जितेर दोस्रो, सुन्दरा माविले दुई स्वर्ण, आठ रजत र चार कांस्यसहित १४ पदक जितेर तेस्रो भएको शिक्षा तथा खेलकुद शाखा तादी गाउँपालिकाले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सीता धर्म आवि, पञ्चकन्या आवि र तादी भ्यु बोर्डिङ स्कुलले कुनै पनि पदक जित्न सकेनन् । अमरज्योति माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई पालिकाका प्रमुख सन्तमान तामाङले प्रमाणपत्र, मेडल, सिल्ड र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।






प्रतिक्रिया