+
Search

ताजा अपडेट +

पपुलर +

मर्मतपछि रसुवागढी जलविद्युत्को १११ मध्ये ६८ मेगावाट उत्पादन

मर्मतपछि रसुवागढी जलविद्युत्को १११ मध्ये ६८ मेगावाट उत्पादन
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । गत असार २४ गते ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले सबैभन्दा बढी क्षति भएको रसुवागढी जलविद्युत् आयोजना मर्मतपछि सञ्चालनमा आएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएको रन-अफ-रिभरको यो आयोजनाको कुल उत्पादनको क्षमता १११ मेगावाट रहेको छ । जलविद्युत् केन्द्रका मर्मतपछि पाँच महिनामा ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवम् नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपछि ३७ मेगावाट गत मङ्सिरमा र ३१ मेगावाट पुसको पहिलो हप्ता उत्पादन गरिएको हो । सफाइ एवम् मर्मत बाँकी नै रहेको र अर्कोतर्फ क्षमताअनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ-असारबाट उत्पादन हुने जनाइएको छ । पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले रु.तीन अर्ब ५१ करोड क्षति व्यहोर्नुपरेको थियो ।

Suzuki New Bike & Scooter

आयोजनाको स्थलगत निरीक्षणका लागि अघिल्लो हप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रसुवागढी पुग्नुभएको थियो । शाक्यले एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको प्राविधिक पक्षबारे जानकारी लिनुभएको थियो । ‘मानसिक त्रासमा बसेर लगातार काम गरेर यो सफलता प्राप्त गर्नुभयो, अहिले दुईवटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो,’ शाक्यले निरीक्षणका क्रममा भन्नुभयो, ‘यो सुक्खा मौसममा पनि यी दुई युनिटबाट करिब ४५ युनिट विद्युत् उत्पादन भइरहेको छ । यो गतिशीलतालाई कायम राख्नुहोस् ।’ डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर अहिलेको भन्दा राम्रो गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पहिलाको डिजाइनभन्दा अहिले वस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार परिवर्तन गरेको भन्दै शाक्यले त्यसैअनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताउनुभयो । पुरानै डिजाइनले पुरानो समस्यालाई समाधान गर्दैन,’ उहाँले भन्नुभयो । आयोजनाले वार्षिक रु.तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य लिएकोमा बाढीले क्षति पुर्याएपछि कठिनले काम गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत ज्याख्वाले बताउनुभयो । ‘हामीले रु. एक अर्ब ७३ करोडको बिमा दाबी गरेका छौँ,’ उहाँले भन्नुभयो । उक्त आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह