+
Search

ताजा अपडेट +

पपुलर +

लघुगोसाइँकुण्डमा १०८ धारा निर्माण गर्न हरेक शनिबार जनश्रमदान

लघुगोसाइँकुण्डमा १०८ धारा निर्माण गर्न हरेक शनिबार जनश्रमदान
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । गोसाइँकुण्ड-६ अन्तर्गतको लघुगोसाइँकुण्ड (मिनी) क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित एक सय आठ धाराको निर्माण सुरु गरिएको छ । धारा निर्माणस्थलमा हरेक शनिबार स्थानीयबासीको सक्रिय जनसहभागितामा काम भइरहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

धुन्चे युवा समाजले घट्टेखोलामा गोसाइँकुण्डद्वारसँगै कलात्मक एक सय आठवटा धारा निर्माण थालेको छ । तामाङ समुदायको बाहुल्य रहेको सदरमुकाम धुन्चेमा समाजको आयोजना तथा स्थानीयवासीको सक्रिय जनसहभागितामा मुक्तिनाथको झल्को दिने गरी एक सय आठ धाराबाट पानी झर्ने संरचना निर्माण गर्न लागिएको समाजका सदस्य सन्तोष घलेले जानकारी दिनुभयो । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास स्थानीयको छ । समाजका सदस्य घलेका अनुसार धारामा गोसाइँकुण्डबाट उद्गम भएको त्रिशूलीनजिकैको पानी प्रयोग गरिनेछ । धारामा स्नान गर्न मिल्ने व्यवस्था गरिँदै छ । जसले धार्मिक आस्था बोकेका श्रद्धालुका लागि विशेष महत्त्व राख्नेछ । करिब रु.५१ लाखको अनुमानित लागतमा एक सय आठ धारा निर्माण सुरु गरिएको छ । घलेका अनुसार स्थानीयवासीको आर्थिक सहयोग र स्वस्फूर्त हुने सहभागितामै निर्माण कार्य अघि बढाइएको छ । निर्माण कार्य सम्पन्न नहुँदासम्म हरेक शनिबार स्थानीयले अनिवार्य श्रमदान गर्नुपर्ने निर्णयसमेत गरिएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने महत्त्व अझ बढ्ने स्थानीयको विश्वास छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले यस क्षेत्रलाई नमुना धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

Suzuki New Bike & Scooter

मानव कल्याण र लोकहितका लागि धारा निर्माण थालिएको रसुवा पर्यटन तथा होटेल व्यवसायी सङ्घका अध्यक्ष विशाल घलेले बताउनुभयो । शिवजीको शिर गोसाइँकुण्डमा रहेको त्रिशूलधाराबाट बगेर आएको पानी शिवजीको पाउ घट्टेखोलामा बनाउन लागेको धाराले नयाँ धार्मिक पर्यटकीयस्थल बन्न सक्ने उहाँको विश्वास छ । गोसाइँकुण्डको शिर पुग्न नसक्ने भक्तजनका लागि शिवको पाउमा रहेको पवित्र मिनी गोसाइँकुण्ड र बन्न लागेको धाराले सहज हुने उत्तरगयाधाम बेत्रावतीका सामाजिक अभियान्ता दिल श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह