+
Search

ताजा अपडेट +

पपुलर +

उपभोक्ता हित संरक्षण एवम् प्रवद्धन गर्न रसुवाका सरोकारवालाको आग्रह

उपभोक्ता हित संरक्षण एवम् प्रवद्धन गर्न रसुवाका सरोकारवालाको आग्रह
त्रिशूली प्रवाह
३ महिना अगाडी

धुन्चे । बजार संयन्त्रलाई स्वच्छ, निष्पक्ष, पारदर्शी ढङ्गबाट सञ्चालन गरी उपभोक्ता हित, संरक्षण एवम् प्रवद्धन गर्न उद्योग तथा वाणिज्य कार्यालय रसुवाले सबै सरोकारवालालाई आग्रह गरेको छ । सदरमुकाम धुन्चेमा गत हप्ता भएको सरोकारवालाको बैठकमा कार्यालयले सो आग्रह गरेको हो ।

बजार अनुगमनको नियमितता एवम् पृष्ठपोषण, सार्वजनिक निकायको तर्फबाट निजी क्षेत्रलाई हुनुपर्ने सहजीकरण र निजी क्षेत्रको माग, अपेक्षा एवम् अन्य विविध विषयमा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफल भएको थियो । छलफलको क्रममा जिल्लास्तरीय बजार अनुगमन समितिको तर्फबाट यसअघि भएका अनुगमनबाट प्राप्त पृष्ठपोषणसमेतलाई मध्यनजर गरी आगामी दिनमा हुने संयुक्त बजार अनुगमनलाई समितिका सदस्यसहित अन्य सरोकारवालासमेतको सक्रिय सहभागितामा बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । व्यवसाय सञ्चालनको सन्दर्भमा आवश्यक पर्ने कानुनी ज्ञान (नवीकरण, अन्तःशुल्क इजाजत, कर भुक्तानी, कैफियतका विषयमा हुने दण्ड-जरिवाना) को दायरामा ल्याउन उद्योग तथा वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय व्यवसायीको तर्फबाट सरोकारवाला सबैको सहभागिता सुनिश्चित हुने गरी क्षमता अभिमुखीकरण तालिम आयोजना गरिने निर्णय भएको उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह