धुन्चे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रसुवाले जिल्लाबाट ६ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
गत बुधबार कालिका-२, कालिकास्थानमा सम्पन्न पार्टीसम्बद्ध दलको प्रदेश कमिटीका नेताहरूको बैठक तथा भेलाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ कल्पना शर्मा, माधव लामिछाने, मेघनाथ घिमिरे, शिव लामिछाने, अर्जुन पौडेल, अर्जुन अगस्ती, कृष्ण न्यौपाने, नवीन घिमिरे र बेन्जामिन तामाङलगायतका नाम सिफारिस गरिएको नेकपा रसुवाका नेता मेघनाथ घिमिरेले जानकारी दिनुभयो । यसैगरी, समानुपातिकतर्फ साङतेम्पा तामाङ, हरि तामाङ, गणेश विक, शिला मगर, पासाङ थोक्रा र अर्चना लामाको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ भगवती न्यौपाने र मनवीर कामीको नाम सिफारिस गरिएको घिमिरेले बताउनुभयो ।






प्रतिक्रिया