+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा माघ ४ गते सार्वजनिक बिदा

दुप्चेश्वरमा माघ ४ गते सार्वजनिक बिदा
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । दुप्चेश्वर गाउँपालिकाले पात्रोअनुसार माघ ५ गते सोनाम ल्होछार पर्ने भए पनि अघिल्लो दिन आइतबार नै सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारका अवसरमा गाउँ कार्यपालिकाको गत पुस २१ को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारका अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बिहीबार शुभकामना सन्देश जारी गर्दै सो दिन सार्वजनिक बिदा दिइने निर्णय भएको बताउनुुभयो । उक्त दिन गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालय एवम् शैक्षिक संस्थामा सार्वजनिक बिदा हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह