भृकुटीमण्डपाँ द ग्रान्डेस्ट वल्ड पार्टी फुटका सँघाराँ रहँदा ग्रान्डर पार्टीको चुरीफुरी न्वाँकोटाँ नि बढेको छ, ओेके छ त ! अरू उठ्ने कसैको ह्याउ नभएर हो कि बुकुन्द्रै भएर हो, सट्याक-सुटुक धनाढ्य मैनाली र पाण्डेलाई उम्मेदवार सिफारिस गरेर निर्वाचन प्रचारप्रसारमा गाउँटोलमा घुँडो र मुन्टो गर्दै नेता, कार्यकर्ता दुगुरेका मतदाताले चाल पाए कि पाएनन्, सामाजिक सञ्जाल भने भरिभराउ छ । अरू प्रतिस्पर्धी दलमा कसैको टुङ्गो लागिसकेको, कसैको नलागेका अवस्थामा एमाले कँडहरूको स्पिड पनि तारिफयोग्य छ बा, ओेके छ त ! एकपल्ट मान्य जितिसकेका खत्यौडा बाजे ‘बा’ विरोधी छन्, अरूको नाम जनताले सुनेकै छैनन् । निर्वाचनका मुखैमा पोर जिल्ला र नरक अधिवेशनमा कार्यकर्ताबाट अनुमोदन हुन नसकेकामध्ये एक दर्जन जति आँट र गाँठ भएकालाई जिल्ला नेतामा मनोनीत गरेसि नुवाकोट सूर्यनारायणको किल्ला हुने हो कि भन्ने चिन्ता घन्टी, रूख र पाँचमुखे तारालाई पर्या पर्यै छ ।






प्रतिक्रिया