+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा सदस्य निर्वाचन ४६ दिन बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचन ४६ दिन बाँकी
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) रसुवाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रेम तामाङ र निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालको नाम सिफारिस गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गत पुस २० गते बसेको जिल्ला कमिटी बैठकमा १० जनाले उम्मेदवारका लागि दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारबिच छलफल गरी थोरैभन्दा थोरै नाम सिफारिस गर्ने अख्तियारी दिएको थियो । बैठकले दिएको अख्तियारीअनुसार पदाधिकारीले बृहत् छलफलपछि तामाङ र अर्यालको नाम सिफारिस गरिएको पार्टी सचिव पेम्बा तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । तामाङ विसं २०६४ मा संविधानसभा सदस्य तथा विसं २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने अर्याल एमालेको तर्फबाट विसं २०५४ मा गाविस अध्यक्ष, विसं २०६४ मा संविधानसभा सदस्यका प्रत्याशी उम्मेदवार र विसं २०७९ मा उत्तरगया गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा दुवैजनाको नाम उम्मेदवारका रूपमा अघि सारिएको पार्टी सचिव पेम्बाले बताउनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह