+
Search

ताजा अपडेट +

पपुलर +

रामगीता : मोक्षको उपाय-२

रामगीता : मोक्षको उपाय-२
त्रिशूली प्रवाह
१ दिन अगाडी

सौमित्रिणा पृष्ट उदारबुद्धिना
रामः कथाः प्राह पुरातनीः शुभाः ।
राज्ञः प्रमत्तस्य नृगस्य शापतो
द्विजस्य तिर्यक्त्वमथाह राघवः ।।२.।। (अर्थात् उदारमति भएका सुमित्राका छोरा लक्ष्मणले प्राचीन कथा सुन्ने इच्छा गर्दा भन्ने क्रममा श्रीरामले नृग नाम गरेका राजाको कथा सुनाउनुभयो । ती राजाको गाईको बथानमा पहिले दान गरेकी गाई मिसिन आइपुगिछिन् । त्यो थाहा नपाएर ती राजाले त्यस गाईलाई अर्का ब्राह्मणलाई भूलवश दान दिएछन् । त्यो कुरा पहिले दान गरेका ब्राह्मणले थाहा पाएर श्राप दिँदा ती राजाले छेपारो भएर जन्मनुपर्यो। )

व्याख्या
लक्ष्मण आफ्ना दाजु रामसँग समय-समयमा मिठा-मिठा कथा सुन्न इच्छा गर्थे । श्रीराम पनि आफ्ना प्यारो भाइ लक्ष्मणलाई रमाइला र ज्ञानप्रद कथा सुनाउनुहुन्थ्यो त्यही कथा सुनाउने प्रसङ्गमा रामले लक्ष्मणलाई नृगराजाको कथा सुनाउनुभयो ।

आफ्नो गाईको बथानमा मिसिन आइपुगेकी गाईलाई पहिले दान गरेकी गाई भन्ने थाहा नपाएर दान गर्दा ती नृग राजाले ब्राह्मणको श्रापले गर्दा छेपारो हुनुपर्यो भने जानी-जानी ब्राह्मण र अरूको पनि सम्पत्ति वा पशुधन हाकाहाकी वा चोरेर लिँदा कति पाप लाग्ला, विचारणीय छ ।

हाम्रो अपरिष्कृत एवम् अपवित्र मनका कारण जानी-नजानी तीन प्रकारका पाप हुने गर्छन्मा-नसिक, वचन र कर्मद्वारा हुने पाप । मनमनै कसैको अनिष्ट वा कुभलो चिताउनु मानसिक पाप, कसैको हृदयमा चोट पुग्ने गरी गाली गर्नु वचनद्वारा हुने पाप र शारीरिक वा भौतिक नोक्सानी हुने गरी गरिने दुष्कर्मरूपी पाप । सबैभन्दा कठोर पाप कुकर्मरूपी पाप मानिन्छ । हामी पाप जानेर र अन्जानमा पनि गर्छौँ । जसरी गरे पनि आखिर पाप त पाप नै हो र त्यसको फल ढिलोचाँडो भोग्नैपर्छ ।

राजा दशरथले श्रवणकुमारको हत्या जानी-जानी त गरेका थिएनन् । सिकारलाई हान्छु भन्दा वाण उछिट्टिएर ती वृद्ध ब्राह्मण-ब्राह्मणीका एक मात्र सहारा श्रवणको निधन भएको थियो र त्यसको फल ती राजाले रामलाई वनवास पठाउनुपरेको पुत्रशोककै कारण देहत्याग गरेर गर्नुप¥यो । यस दुनियाँमा नै पनि आज गरेको पापले भोलि बेहाल बनाएका दृष्टान्त धेरै छन् । ‘पाप १२ वर्षपछि पनि धुरीबाट कराउँछ’ भन्ने लोकोक्ति पनि त प्रचलित छ । (पुख्र्याैली घर फिर्केप, मझुवा र पछि सामरी, टक्सार हुनुभएका लेखक पूर्वप्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह