+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य शिविरमा ४१ जनाको परीक्षण

स्वास्थ्य शिविरमा ४१ जनाको परीक्षण
त्रिशूली प्रवाह
१ दिन अगाडी

धुन्चे । सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर धुन्चे, रसुवाले वार्षिकोत्सवको अवसरमा गत पुस २३ गते गोसाइँकुण्ड-६, भिमलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सो शिविरमा ४१ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो ।

गुल्मले दिएको जानकारीअनुसार भिमली गाउँमा रहेको भिमली प्राथमिक विद्यालयको प्राङ्गणमा जनस्वास्थ्य कार्यालय रसुवा र रसुवा अस्पतालको सहयोगमा भएको शिविरमा आएकामध्ये पाँचजनाको हाइप्रेसरको समस्या देखिएकाले उनीहरूलाई खानपान र व्यायाम गर्न परामर्श दिएको थियो । सोही दिन शिविर सञ्चालन भएको भिमली प्राविका १५ जना विद्यार्थीलाई कपी, कलमसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह