+
Search

ताजा अपडेट +

पपुलर +

खुलेर रोगबारे नबताउँदा क्षयरोग सङ्क्रमणको दर वृद्धि

खुलेर रोगबारे नबताउँदा क्षयरोग सङ्क्रमणको दर वृद्धि
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटको १९औँ साधारणसभा विदुर-२, अशोकबाटिका नुवाकोटमा शनिबार सम्पन्न भएको छ । जिल्ला शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य निरनमान डङ्गोलको अध्यक्षतामा भएको सभा विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले उद्घाटन गर्नुभएको थियो ।

सभाको अवसरमा अघिल्लो दिन जुनियर नाटा भैरवी माविको सहआयोजना तथा जिल्ला शाखाको आयोजनामा विद्यार्थी, समुदाय र जनप्रतिनिधिलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भैरवी माविमा, शिक्षक र फर्मासिस्टहरूसँग क्षयरोगसम्बन्धी गोष्ठी विदुर-५, चन्द्रज्योति माविमा जुनियर नाटा चन्द्रज्योति माविको सहआयोजना तथा जिल्ला शाखाको आयोजनामा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण औषधि व्यवसायी सङ्घ नुवाकोट जिल्ला अध्यक्ष तथा स्वास्थ्यकर्मी टलकमान श्रेष्ठले गर्नुभएको थियो । क्षयरोगीले खुलेर आफ्नो रोगबारे खुलाउन नचाहने हुँदा कतिपय अवस्थामा सोही कारणले सङ्क्रमणको दर बढ्ने गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष कायस्थले क्षयरोग न्यूनीकरण गर्न आवश्यक सहयोगका कार्यक्रम प्राथमिकताका साथ राखी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालयस्तरीय जुनियर नाटामार्फत बढीमा १० मिनेटको क्षयरोगसम्बन्धी भिडियो प्रतियोगिता र प्रतियोगात्मक वा अभिमुखीकरण कार्यक्रम जिल्लाको दुईवटा विद्यालयमा तत्काल सञ्चालन गर्ने जिल्ला अध्यक्ष डङ्गोलले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह