+
Search

ताजा अपडेट +

पपुलर +

मोतियाविन्दु शल्यक्रिया शिविरमा ४२ जनाको अप्रेसन

मोतियाविन्दु शल्यक्रिया शिविरमा ४२ जनाको अप्रेसन
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

त्रिशूली । विदुर नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ नुवाकोट त्रिशूली, बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पताल, लायन्स क्लब नुवाकोट दरबार र लायन्स क्लब बाघटार कोलोनीको संयुक्त आयोजनामा गत हप्ता भएको निःशुल्क आँखा शिविरमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया र एक हजार दुई सय ६३ जनाको आँखाको परीक्षण र निःशुल्क औषधि वितरण गरिएको छ ।

गत पुस १६ देखि २४ गतेसम्म सञ्चालन भएको शिविरमा आँखा जाँच गर्न आएका बिरामीमध्ये मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । आँखाका बिरामीको सुविधाका लागि विदुर-९, कोलोनीमा सञ्चालित आँखा जाँच एवम् निःशुल्क मोतियाविन्दु अप्रेसन शिविरमा डा.संगीता सिटौला र डा.गुल्सनबहादुर श्रेष्ठसहित १२ जनाको स्वास्थ्य टोलीले परीक्षण र मोतियाविन्दुको शल्यक्रिया गरिएको लायन्स डिस्ट्रिक ३२५ जेका सिनियर एडभाइजर एवम् आयोजक समितिका श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । सो शिविरमा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले प्राविधिक सहयोग गरेको थियो । शिविरमा चेकजाँच गरेकामध्ये ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया त्रिशूलीमा गरिएको थियो भने २७ जनाको विशेष शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ रिफर गरिएको आयोजकले जानकारी दिएको छ । शिविरको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह