+
Search

ताजा अपडेट +

पपुलर +

संविधान बचाउनुपर्छ : प्रथम राष्ट्रपति डा.यादव

संविधान बचाउनुपर्छ : प्रथम राष्ट्रपति डा.यादव
त्रिशूली प्रवाह
३ महिना अगाडी

सुइरेचौर । सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवम् वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ । समाजको कार्यालय शिवपुरी- ७, सुइरेचौरस्थित आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजित विशेष समारोहबिच प्रमुख अतिथि तथा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले दुईजना वरिष्ठ पत्रकारलाई सम्मानित तथा तीनजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

सो क्रममा डा. यादवले वियोगीको स्मरणमा स्थापना गरिएको वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानद्वारा दोसल्ला ओढाई कदरपत्रसहित सम्मानित गर्नुभएको थियो । वस्ती नेपाली भाषाविज्ञ हुनुहुन्छ भने आचार्य जल्दोबल्दो स्तम्भकार हुनुहुन्छ । त्यस्तै गरेर ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार-२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रमाणपत्रसहित नगद पुरस्कार रु.२५ हजार एक प्रदान गर्नुभएको थियो । त्यसैगरी, सो अवसरमा गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा लामो समयदेखि निरन्तर कलम चलाउँदै आउनुभएका गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाललाई राष्ट्रपति यादवले प्रदान गर्नुभयो । नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई पनि विशेष पत्रकारिता पुरस्कार सो कार्यक्रममा प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु.१५ हजार एक नगद र प्रमाणपत्र रहेको छ ।

सम्मान तथा पुरस्कार वितरणपछि सम्बोधन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले देशको जटिल अवस्थामा पत्रकारलाई पत्रकारिताको धर्म नछाडी आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । समाजले पत्रकारिताबारे अध्ययन तथा नयाँ पुस्तालाई प्रशिक्षित गर्ने संस्थाको उद्देश्य उदाहरणीय रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वको ज्वलन्त विषय जलवायु परिवर्तन र पर्यावरणबारे सोचेर काम गरिरहनुभएको छ, अनि पत्रकारिताको सिकाइ पुस्तान्तरण गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद दिन्छु ।’ उहाँले पत्रकारिता क्षेत्रमा पत्रपत्रिकासमेत निकै थोरै प्रकाशन हुने पुरानो कालखण्डमा वियोगीको यस क्षेत्रमा निर्वाह गर्नुभएको भूमिका निकै उदाहरणीय रहेको चर्चा गर्नुभयोे । निर्दलीय व्यवस्थाको समयमा निष्ठावान् पत्रकारले नै लोकतन्त्रको पुनस्र्थापनाका लागि मिसनका साथ गरेको कामको उहाँले प्रशंसा गर्नुभयो । समाजका संरक्षक किरण वैद्यले अहिले पत्रकारिता चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै एउटाबाट जे सूचना बाहिरियो अरूले पनि त्यसको पुष्टि नै प्रकाशन÷प्रसारण गर्दा थप मारमा परेको बताउनुभयो । पत्रकारले तथ्य पत्ता लगाउनतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले जलवायु परिवर्तन र पर्या-पर्यटनको विकासमा समाजले खेलेको भूमिकाकै कारण गाउँपालिकामा धेरै पर्यटक आउन थालेको बताउनुभयो । समाजका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले यो मर्यादित पत्रकारिताका विमर्श गर्ने थलो भएको उल्लेख गर्दै अहिले संसारभरि नै पत्रकारिताको मूल्य-मान्यताबारे ठुलो बहस रहेको बताउनुभयो । उहाँले खुला समाज, सूचना प्रविधिको विकास र खुला समाजको आँधीहुरीले पत्रकारितामा अलि असजिलो बनाएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा समाजका अध्यक्ष पुरू रिसाल, महासचिव श्याम डोटेल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्तलगायतले पत्रकारितामा देखिएको पछिल्लो प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह