+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीलाई मेरो माइक्रोफाइनान्सको सहयोग

प्रहरीलाई मेरो माइक्रोफाइनान्सको सहयोग
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त सातदोबाटोलाई द्रुत प्रतिक्रिया टोलीलाई आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, निगार्ड, चेस्टगार्ड र हेल्मेट हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई सो सामान हस्तान्तरण गर्नुभएको हो । सो हस्तान्तरण कार्यक्रममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रति आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न यस्ता सामग्रीले प्रहरीको मनोबल बढाउन संस्थाले महत्त्वपूर्ण भूमिका खोलेको बताउनुभयो ।

त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्रवरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम व्यवस्थापनमा सहयोग पुर्यायाउने उद्देश्यले सहयोग गरेको बताउनुभयो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत एक लाख ५३ हजारभन्दा बढी विपन्न घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह