सग्लो काङ्ग्रेस नदेखिएनि एक-एक क्षेत्रमा महत र केसीले भागबन्डा गरेसि पूर्वमुख्यमुन्तरी ट्वाँ परे, ओके छ त । हुँदाखाँदाको प्रदेश सभा सदस्य छाडेर सङ्घीय सांसद बन्न खोज्दा दुई टाउकेले पो टिकट उछिट्याइदिए बा । प्रदेश सभा सदस्यबाट राजीनामा दिन हल्लाखल्ला गरेनि टिकट नपाउँदा अब उनले कसलाई समर्थन गर्ने हुन्, हेर्न बाँकी छ, ओके छ त । केसी ठुल्दाजु समानुपातिकमा खसआर्यबाट एक नं, सानोकान्छा भाइ प्रत्यक्ष । जिते दुवै हातमा लड्डु, हारे समानुपातिक कहीँ नजा, ओके छ त । आखिर आफैँले अवैधानिक ठानेको सभापतिका हातबाट टिकट लिनु थियो त महत भाइले गगन पक्षको विरोध किन गरेका हुन् ? जे भएनि जित्ने कुरा त त्यस्तै हो, जिन्दगीमा प्रत्यक्ष उम्मेदवार बनेर जित्ने कल्पना गर्न त कसैलाई छेक्दैन नि, ओके छ त ।






प्रतिक्रिया