काठमाडौँ । निर्वाचनको मुखैमा प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीको सरुवा गरेको छ । सरुवामा नुवाकोटमा कार्यरत एसपीसहित आठ जिल्लाका प्रमुख बदली भएका छन् । चुनावलाई लक्षित गरी एसपीको सरूवा भएको छ । नुवाकोटको एसपीको जिम्मेवारी शुक्रबारदेखि विपिन रेग्मीले सम्हाल्नुभएको छ ।
सरूवामा झापामा एसपी बसुन्धरा खड्कालाई पठाइएको छ । त्यहाँ राजन लिम्बू कार्यरत थिए । लिम्बू एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ हुन् । जसकारण उहाँले निर्वाचनमा निष्पक्ष भूमिका खेल्न नसक्ने विश्लेषणका आधारमा उनको सरूवा भएको स्रोत बताउँछ । रूपन्देहीमा जनकबहादुर शाहीलाई पठाइएको छ । मकवानपुरमा श्याम खत्री, इलाममा कुलदीप चन्द, सिराहामा वासुदेव पाठक, रौतहटमा सीताराम रिजाल, नुवाकोटमा विपिन रेग्मीकोे सरुवा भएको छ । यसअघि धनुषामा काज भएका रुगम रेग्मी, बाराका नरेन्द्र कुँवर तथा धादिङका सुमित खड्काको त्यहीँ दरबन्दी भएको छ ।






प्रतिक्रिया