+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सव १८ गतेसम्म

नुवाकोट महोत्सव १८ गतेसम्म
त्रिशूली प्रवाह
८ महिना अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ७ देखि सुरू भएको नवौं नुवाकोट महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता भइरहेको छ । गत बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको महोत्सव आइतबार समापन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

 

Suzuki New Bike & Scooter

विदुर-४ विदुरको बिन्द्रला मार्गमा भइरहेको महोत्सवमा दैनिक राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारले लोकगीत, लोकदोहोरी, नृत्य, प्रहर्सन र स्थानीय कलाकारको लोकगीत तथा नृत्य प्रतियोगिता, लोकगीत, आधुनिक तथा राष्ट्रिय गीतको प्रस्तुति भइरहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो । महोत्सवमा दैनिक दर्शकको सङ्ख्या बढिरहेको द्वितीय उपाध्यक्ष सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

दुईसय भन्दा बढी स्टल रहेको महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकलाका सामाग्री, राष्ट्रिय, अन्तराष्ट्रिय उद्योगका उत्पादन, उद्योग तथा व्यवसायका सेवासम्बन्धी वस्तु प्रदर्शनी तथा बिक्रीको लागि राखिएको सचिव मधुसुधन थपलियाले बताउनुभयो ।

सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले भन्नुभयो, ‘‘महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन, व्यापारिक गतिविधिको विस्तार र सम्भावित पर्यटन स्थलको प्रचार-प्रसारमा टेवा पुग्ने छ ।’’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह