+
Search

ताजा अपडेट +

पपुलर +

महासङ्घका अध्यक्ष ढकालबाट भोली धादिङ महोत्सवको उद्घाटन

महासङ्घका अध्यक्ष ढकालबाट भोली धादिङ महोत्सवको उद्घाटन
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धादिङबेँसी । धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ भोलीबाट सुरू हुने भएको छ । बिहीबार नेपाल उद्योग महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १५ देखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका-३ स्थित खुलामञ्च, धादिङबेँसीमा महोत्सव सञ्चालन हुनेछ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार’ नारासहित आयोजना गरिने महोत्सवले जिल्लाको आर्थिक गतिशीलता बढाउने लक्ष्य लिएको छ । महोत्सवमार्फत जिल्लालाई औद्योगिक तथा व्यापारिक क्षेत्रका रूपमा विकास गर्नु, स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्नु, घरलु तथा साना उद्योगलाई टेवा दिनु, कृषिलाई व्यावसायिक र आधुनिकतर्फ उन्मुख गराउनु तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य राखिएको छ । महोत्सवमा एक लाख बढी दर्शकको सहभागिता हुने र करिव रू.पाँच करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सवमा एकसय वटा व्यापारिक स्टल, २० वटा घरलु तथा साना उद्योग स्टल र ४० वटा कृषि तथा अन्य उत्पादन स्टल रहने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह