+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञान तथा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

विज्ञान तथा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
त्रिशूली प्रवाह
२ महिना अगाडी

चोगदे । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकास्थित वागेश्वरी माध्यमिक (प्राविधिक) विद्यालय चोकदेले श्रीपञ्चमीका अवसरमा पालिकाभित्रका सामुदायिक माविबिच शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । प्रदर्शनीमा सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा विशेष गरी विज्ञान विषयका प्रदर्शनी सामग्री प्रस्तुत गरिएकोमा गणित, सामाजिक, अङ्ग्रेजी विषयका लागि उपयोगी विद्यार्थी तथा विषय शिक्षकद्वारा निर्मित सामग्री प्रस्तुत गरिएको थियो । विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढाउने र शैक्षिक सामग्री निर्माणमा शिक्षक तथा विद्यार्थीलाई क्रियाशील बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम वागेश्वरी माविका वि.व्य.स. अध्यक्ष चिरञ्जीवी अधिकारीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीसहित शिक्षक, स्थानीयवासी र अभिभावकको उपस्थिति रहेको थियो । प्रदर्शनीमा वागेश्वरी माविका १५ वटा र गणेश माविका चार, कालिका माविका चार, बिनायक मावि र गणेश माविका पाँच, मंगला मावि, शिलाकन्या मावि, दुधेदेवी मावि, कालिका माविका दुई, ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलको सहित २४ वटा प्रदर्शनी कक्ष रहेका थिए । विद्यालयबिच सहकार्य, सहयोग र अनुभव साटासाटका लागि सहयोग पु¥याउने र आगामी वर्षबाट यस प्रकृतिका कार्यक्रमको निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन अधिकारीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । प्रदर्शनी कार्यक्रममा वागेश्वरी माविमा गत शैक्षिक सत्र २०८१ मा कक्षा १० र १२ को एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल १० जना विषय शिक्षक र विभिन्न जिम्मेवारी पूरा गर्ने ३५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह