+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
६ दिन अगाडी

हेरी न्वाँकोटाँ यसपालि पहिलो पुस्ताको विश्राम लागेको छ । दुई क्षेत्रमा पुराना दलका दोस्रो पुस्ता र नयाँ दलका जेन-जी पुस्ता निर्वाचनमा होमिएका छन् । निर्वाचनको नतिजा कसको पोल्टामा पर्ने हो अड्कलबाजी चियापसलदेखि चौतारीसम्म नचल्ने कुरै भएन । हालसम्म भएका निर्वाचनमा नछुटाएका गाण्डीवधारी यसपटक पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको थेगो भट्याउँदै छन् । बुढो शरीर मतदाताको घरदैलो पुग्न नसकेसि हेरी, काँध थाम्न आकासे ज्वाइँलाई सानोकान्छा ससुरा जिताउने जिम्मा दिएका छन् क्या ! दलको केन्द्रीय नेतृत्वमा ज्वाइँ र दुई भाइ भएसि धुर्ब, बहादुर दाइजस्ता पुराना, सक्रिय र इमानदारले टिकस पाउँछन् त हेरी ? घन्टीका पाँडेकाजी यसपालि त उछिट्याउँछु भन्दै राजधानीमा गफ हाँक्दै थिए, टिकस पायो हेरी खेलकुदमा पिएचडीवालाले । विगतमा न्वाँकोट १ नम्बर क्षेत्रको छहरेसम्म भाषण गर्न आइपुगेका घन्टी सभापति लिखु तर्न सकेका थिएनन्, यसपालि त र्‍यापर वरिष्ठ नेता पाएसि उनकै चुरीफुरी देख्न नसकेर भित्रभित्र मुर्मुरिएका पो छन् त, हेरी ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह