+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनमा एक महिला र ११ पुरुषबिच प्रतिस्पर्धा

निर्वाचनमा एक महिला र ११ पुरुषबिच प्रतिस्पर्धा
त्रिशूली प्रवाह
८ महिना अगाडी

धुन्चे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवा जिल्लाबाट एक महिला र ११ पुरुष प्रतिस्पर्धामा उत्रेका छन् । आसन्न निर्वाचनमा जिल्लाबाट नौ दल र स्वतन्त्र तीन गरी १२ जना निर्वाचन मैदानमा छन् । यसपटकको निर्वाचनमा कालिका-५, गैरीगाउँकी चित्रकुमारी देवकोटा स्वतन्त्र उम्मेदवारी दिएर जिल्लाको एक मात्र महिला उम्मेदवार बन्नुभएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रसुवामा उम्मेदवारी दर्ताको अन्तिम नामावली र चुनाव चिह्न वितरणपछि चुनावी माहोल तात्न थालेको छ । हिमाली जिल्ला रसुवामा एक मात्र निर्वाचन क्षेत्र, ३६ मतदानस्थल, ५९ मतदान केन्द्र र ४१ हजार चार सय ७१ मतदाता छन् जसमा महिला २० हजार तीन सय ३० र पुरुष २१ हजार एक सय ४१ छन् । तीनजना स्वतन्त्रसहित नौ दलका १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाबाट प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले महिला उम्मेदवार सिफारिस नै गरेनन् भने नेपाली कम्युनिस्ट पार्टीले कल्पना शर्माको नाम सिफारिस गरे पनि अन्तिममा उनको नाम कटाएको छ ।

Suzuki New Bike & Scooter

महिला सहभागिता र समावेशीकरणका कुरा जति नै उठे पनि निर्वाचनमा पुरुषले मात्रै टिकट पाउने गरेको महिलाका पक्षमा वकालत गर्ने अधिकारकर्मीले गुनासो गर्ने गरेका छन् । नेपालको संविधानले राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेको छ । तर, प्रत्यक्ष निर्वाचनमा जित्ने उम्मेदवार खोज्ने बहानामा दलहरूले महिलाको क्षमतामाथि अविश्वास गर्दै आएका छन् । आसन्न निर्वाचनमा काङ्ग्रेसबाट मोहन आचार्य, एमालेबाट प्रेमबहादुर तामाङ, नेकपाबाट माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद घिमिरे, नेकपा (माओवादी) बाट होमप्रसाद आचार्य, उज्यालो नेपाल पार्टीबाट मानबहादुर तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दावासाङ्बो तामाङ र स्वतन्त्र उम्मेदवारी दर्ता गरेका दावामिङ्मार तामाङ, सागर लामा र देवकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह