+
Search

ताजा अपडेट +

पपुलर +

चेपे एक्ली महिला उम्मेदवार

चेपे एक्ली महिला उम्मेदवार
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटबाट एक मात्र महिला उम्मेदवार चुनावी मैदानमा छिन् । उम्मेदवारी दर्ता गरेका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट चेपे तामाङ तादी-२ ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँसँग दल र स्वतन्त्रका गरी १७ जना चुनावी प्रतिस्पर्धामा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दल र स्वतन्त्र गरी ३० जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट १८ र २ बाट १३ जनाले उम्मेदवारी दर्ता गरेकामा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका प्रगतिशील लोकतान्त्रिक पार्टीका रजमान तामाङले उम्मेदवारी फिर्ता लिनुभएपछि ३० जना प्रतिस्पर्धामा छन् । जिल्लाका दुईवटै क्षेत्रका ३० उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारविरुद्ध दावीविरोध उजुरी नपरेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह