+
Search

ताजा अपडेट +

पपुलर +

सेनाको अगुवाइमा निर्वाचनलक्षित संयुक्त सुरक्षा अभ्यास

सेनाको अगुवाइमा निर्वाचनलक्षित संयुक्त सुरक्षा अभ्यास
त्रिशूली प्रवाह
११ घण्टा अगाडी

विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ नुवाकोटमा बृहत् संयुक्त सुरक्षा अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा विदुर नगरपालिका, बट्टारस्थित नेपाली सेनाको शेर गणमा आइतबार उक्त अभ्यास सञ्चालन गरिएको गणपति आविष्कार ढुंगानाले जानकारी दिनुभयो ।

अभ्यासले आसन्न निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा निकायको मनोबल र कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो । निर्वाचनपूर्व मतदानको समय र निर्वाचनपश्चात् आइपर्न सक्ने विभिन्न सुरक्षा चुनौतीको पूर्वआकलन गर्दै ती परिस्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा केन्द्रित रहेर यो अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले बताउनुभयो । अभ्यासमा वास्तविक घटनाको परिकल्पना गरी सुरक्षा फौज र उपलब्ध स्रोत-साधनको परिचालन गरिएको थियो । यसले निर्वाचन सुरक्षाका लागि खटिने विभिन्न निकायबिचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउन मद्दत पुयाएको जनाएको छ ।

अभ्यासमा सुरक्षाका तीनवटै घेरामा रहने फौजबिचको सहकार्य र आकस्मिक परिस्थितिमा तत्काल प्रतिकार गर्ने विधिबारे व्यावहारिक ज्ञान आदान-प्रदान गरिएको समितिले जनाएको छ । उक्त संयुक्त अभ्यासको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख विपिन रेग्मी, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोटका प्रमुख गङ्गा केसीलगायत अन्य सुरक्षा अधिकारीले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह