+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१५ घण्टा अगाडी

उद्योगी-व्यापारिक संस्थाले निर्वाचनलाई नै धरमर पार्ने गरी अन्त्याँड सदरमुकाममा धुलो उडाउँदै डेढ हप्ता मनोरञ्जन कार्जेक्रम चलाएनि के जाति कलाकार सुरक्षा दिन स्थानीय प्रशासनलाई कम्ता धपेडी परेन । पर्यटक गायकगायिका ल्याएर हल्ला मच्चाउँदैमा महोत्सव सफल भयो भन्ने व्यापारी नेताहरूको चुरीफुरी अन्त्याँड कसले देखोस् । महोत्सवको पहिलो र अन्तिम दुवै दिन उद्घाटन गराएर अन्त्याँड आयोजकले जग हँसाएको अर्काे पाटो छँदै छ । यसपटक दलहरू बहिष्कृत हुनाले दोहोर्याई दोहोर्याई उद्घाटन गराउनु नगरपिताकै दबाब हो कि । पहिलो दिन उद्योगी-व्यापारीका केन्द्रीय अध्यक्ष ढकाल बाजेले उद्घाटन गरेनि समापनको दिन पुनः नरकका राजाले हतारहतार आधा दर्जन वडाध्यक्षसहित उपस्थित गराएर पानसमा जोरबत्ती बालेको दर्शकले टुलुटुलु हेरेर मनोरञ्जन नै लिए । आफूलाई प्रमुख अतिथि भनाउन चाहे त अन्य गल्ली, गल्छौँडा, चौतारो, टोलमा अर्काे महोत्सव नै गरे भो नि, अन्त्याँड बेकारमा तेलको नास !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह