+
Search

ताजा अपडेट +

पपुलर +

एसइई तयारी कार्यशाला सम्पन्न

एसइई तयारी कार्यशाला सम्पन्न
त्रिशूली प्रवाह
८ महिना अगाडी

विदुर । नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलको आयोजना तथा ऐरावती प्रकाशन प्रा.लि.को प्राविधिक सहयोगमा सूर्यगढी गाउँपालिकाभरिका सामुदायिक विद्यालयका एसइई २०८२ को तयारी गरिरहेका विद्यार्थीका लागि नेपाली उत्तर लेखन अभिमुखीकरण तथा सिर्जनात्मक लेखन कार्यशाला गत बिहीबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उक्त कार्यक्रममा वरिष्ठ कवि, समालोचक तथा लेखक प्रा.डा. देवी नेपालले विद्यार्थीलाई प्रशिक्षित गर्नुभएको थियो । उहाँले देशैभरि हजारौँ यस्ता कार्यक्रममा सहभागी भए तापनि संस्थागत र सामुदायिक विद्यालयबिचको यो सौहार्दता पहिलोपटक देखेको बताउनुभयो । कार्यशालामा नुवाकोट ग्लोरी, गणेश मावि सूर्यगढी-५, गणेश मावि सूर्यगढी-४, कालिका मावि सूर्यगढी-४, वागेश्वरी मावि सूर्यगढी-३, कालिका मावि सूर्यगढी-२, शिलाकन्या मावि सूर्यगढी-२ र दुधेदेवी मावि सूर्यगढी-१ का गरी दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । सहभागी विद्यार्थीले यो नयाँ खालको कार्यक्रम भएको र यसबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको कुरा बताएका थिए । सहभागी विद्यालयको तर्फबाट गणेश माविका प्रधानाध्यापक रामकृष्ण खकुरालले संस्थागत र सामुदायिक नभनी सबैलाई समेटेर गरिएको यस कार्यशालाले सरकारी र निजी विद्यालयबिचको सहकार्य र समन्वयका लागि छुट्टै सन्देश दिएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गरिरहेको नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपल पुरुषोत्तम अधिकारीले जुनसुकै विद्यालयमा पढे तापनि सबै विद्यार्थी हाम्रै हुन्, ती सबैका हामी अभिभावक हौँ भन्दै यो वा त्यो बहानामा विद्यार्थी-विद्यार्थीबिच हुने विभेदको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । निजी क्षेत्र सदैव सरकारसँग समन्वय गरी पब्लिक-प्राइभेट पार्टनरसिपको मोडलमा अगाडि बढिरहेको प्याब्सन नुवाकोटका अध्यक्षसमेत रहेका प्रिन्सिपल अधिकारीले बताउनुभयो ।

Suzuki New Bike & Scooter

त्यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा जिल्लाभरि रहेका संस्थागत विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि एसइई तयारी परामर्श कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा आइतबार विदुर-४ बट्टारमा सम्पन्न भएको छ । कार्यक्रममा एसइई तयारी गरिरहेका विद्यार्थीलाई कसरी उच्चतम जिपिए प्राप्त गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेको प्याब्सनका पूर्वअध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । विभिन्न विषयगत विज्ञले विषयगत रूपमा विद्यार्थीलाई उत्प्रेरणासहित सहजीकरण गरिएको सो कार्यशालामा पाँच सयभन्दा बढी विद्यार्थीको उत्साहपूर्ण सहभागिता थियो । यस्ता कार्यक्रमबाट उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन सहज हुने, आफ्नो र विद्यालयको अपेक्षाअनुरूप नतिजा प्राप्तिका लागि अझै सहज भएको सहभागी विद्यार्थीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह